बोरामा पोको पारेर फालिएको ७ महिने शिशुको शव फेला

सांकेतिक तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

प्रकाश मैनाली

सर्लाही । बयलवास सर्लाहीको ईश्वरपुर नगरपालिका-६, स्थित फूलजोर खोलाको किनारमा मंगलबार बिहान अन्दाजी ७ महिना जतिको नवजात शिशु (छोरी) को शव फेला परेको छ ।

बयलवासबाट फूलजोर मन्दिर हुँदै रानिगन्जतर्फ आउने सडकको खोला किनारमा बोराभित्र पोको पाकेर फालेको अवस्थामा नवजात शिशुको शव फेला परेको हो । उक्त शिशु कसले फालेको हो ? भनी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय केशरगन्ज, बयलवासका प्रहरी निरीक्षक रोशन थापाले जानकारी दिनुभयाे ।

थापाका अनुसार मंगलबार बिहान १० बजेतिर फोहोर (कवाडी) संकलन गर्ने बालबालिकाले बोराभित्र शिशुको शव फेला पारेपछि प्रहरी समक्ष खबर पुगेको थियो । प्रहरी निरीक्षक थापाले मृतक शिशुको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ ।

उक्त शिशु अवैध सम्वन्धपछि जन्माएर फालेको हुन सक्ने आशंका गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?