रियलमी युआई बिजेट को-क्रियसन क्याम्पेन

Read Time = 1 min

काठमाडौं । स्मार्टफोन ब्राण्ड रियलमीले रियलमी युआई बिजेट को-क्रियसन क्याम्पेन आयोजना गर्ने भएको छ । क्याम्पेनमा एप डेभलपर, युएक्स डिजाइनर एवं स्मार्टफोन कम्पनीमा काम गर्ने कर्मचारीदेखि सर्वसाधारणसमेत सहभागी हुनसक्ने बताइएको छ ।

विश्वभर छरिएर रहेका रियलमी फ्यानसँग मिलेर नयाँ रियलमी युआई बिजेट सहसिर्जना गर्दै सिर्जनात्मक तरिकाले भौतिक संसार र डिजिटल संसारलाई जोड्ने उद्देश्यका साथ क्याम्पेन आयोजना गरिएको आयोजक रियलमीले जनाएको छ । साथै क्याम्पेनले उपभोक्तालाई रियलमीको भविष्यको युआई बिजेट कस्तो हुनेछ भनेर प्रभावकारी भूमिका खेल्न र सहसिर्जना गर्ने अवसरसमेत प्रदान गर्ने बताइएको छ ।

कात्तिक २९ गते २ बजेसम्म छनोट गरिएका आइडिया मंसिर २२ गते सार्वजनिक गरिने र एकजना सहभागीले एकभन्दा बढी आइडिया प्रदान गर्न सक्ने पनि कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?