रिद्धिसिद्धि सिमेन्टको उपहार योजना

Read Time = 2 mins

काठमाडौं । सिमेन्ट उत्पादक कम्पनी रिद्धिसिद्धिले हात खाली नजाने उपहार योजना ल्याएको छ । योजनाअन्तर्गत हरेक ५० बोरा रिद्धिसिद्धि सिमेन्ट खरिदमा ग्राहकले स्क्र्याच कुपन प्राप्त गर्नेछन् । कुपनमा पाँच सयदेखि १० हजार रुपैयाँसम्म उल्लेख गरिएको हुन्छ । साथै शून्य अंक उल्लेखित कुपन प्राप्त गरी आफ्नो कुपनमा भएको रकम पछाडि शून्य थप गरी १० गुणासम्म रकम प्राप्त गर्न सकिन्छ । तथापि ५० भन्दा धेरै संख्यामा शून्य कुपन भए पनि प्रत्येक कुपनमा एकपटकमात्र शून्यलाई पछाडि जोडेर एक लाख रुपैयाँसम्म रकम प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यदि पाँच हजार वा सोभन्दा माथिको रकम परेमा कम्पनीको आधिकारिक सम्पर्क नम्बरमा रजिष्टर गर्नुपर्नेछ र उक्त रकममा शूून्य थप गरिएको अवस्थामा कम्पनीको आधिकारिक व्यक्तिबाट निर्माणस्थलमै रकम प्रदान गरिनेछ । ग्राहकलाई उच्च प्राविधिक प्रणालीद्वारा उत्पादित सिमेन्ट उपलब्ध गराउनु र राष्ट्रमा सिमेन्ट गुणस्तरको नयाँ आयाम थप्नु योजनाको उद्देश्य रहेको छ । योजना पुस ३० गतेसम्म मात्र लागू हुने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?