बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Read Time = 1 min

-रामचन्द्र रायमाझी

पाल्पा । पाल्पामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । जिल्लाको तिनाउ गाउँपालिका–३ झुम्सास्थित सिद्धार्थ राजमार्गमा बसको ठक्करबाट मोटरसाइकल चालक चापकोट नगरपालिका–५ स्याङ्जाका ४१ वर्षीय मोहन प्रसाद पाण्डेको मृत्यु भएको हो ।

शुक्रबार दिउँसो तानसेनबाट बुटवलतर्फ जाँदै गरेको ग १६ प १४८६ नम्वरको मोटरसाईकललाई विपरीत दिशाबाट आउदै गरेको लु २ ख २४९ नम्वरको बसले ठक्कर दिदाँ मोटरसाइकल चालक पाण्डे घाइते भएका थिए ।

प्रहरीचौकी दोभानबाट खटिएको टोलीले उपचारका लागि घाइतेलाई प्रादेशिक अस्पताल बुटवल पठाएको थियो ।

अस्पताल प-याइएको उनलाई डाक्टरले चेक जाँच पछि मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

बस र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?