लुम्बिनी प्रदेशका ४ निर्वाचन क्षेत्रमा पूर्व सहयात्रीको रोचक घम्साघम्सी

सत्तागठबन्धन र विपक्षी गठबन्धनबीच हुन लागेको चुनावी प्रतिस्पर्धामा लामो समयसम्म सहकर्मी भएर पार्टीमा सँगैकाम गरेका नेताहरू एकअर्काविरुद्ध उत्रिएका छन् । यसले अन्य भन्दा यी क्षेत्रको चुनाव फरक र रोचक हुने देखिएको छ । पार्टीमा सँगै राजनीति गरेका एमाले र एकीकृत समाजवादीका उम्मेदवार सहयात्री हुन् ।

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 10 mins

बुटवल । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा लुम्बिनी प्रदेशका चार वटा निर्वाचन क्षेत्रमा पूर्व सहयात्रीहबीच रोचक घम्साघम्सी हुने भएको छ। सत्तागठबन्धन र विपक्षी गठबन्धनबीच हुन लागेको चुनावी प्रतिस्पर्धामा लामो समयसम्म सहकर्मी भएर पार्टीमा सँगैकाम गरेका नेताहरू एकअर्काविरुद्ध उत्रिएका छन्। यसले अन्य भन्दा यी क्षेत्रको चुनाव फरक र रोचक हुने देखिएको छ।

पार्टीमा सँगै राजनीति गरेका एमाले र एकीकृत समाजवादीका उम्मेदवार सहयात्री हुन्। मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा लुम्बिनी प्रदेशमा नेकपा (एकीकृत समाजवादी)ले चार क्षेत्रमा उम्मेदवारी दिएको छ। सत्तारूढ गठबन्धनसँगको तालमेलमा एकीकृत समाजवादीले चार सीट पाएको छ। चारै सीटमा नेकपा एमालेका उम्मेदवारसँग प्रतिस्पर्धा हुँदैछ। यस्तो छ– चार निर्वाचन क्षेत्रका उम्मेदवार र तिनको चुनावी अवस्थाको विवरण।

दाङ–१ क्षेत्र नं १ मा शान्ता चौधरी र मेटमणि चौधरी

दाङ–१ क्षेत्र नं १ मा नेकपा एमालेकी नेत्री शान्ता चौधरी र उहाँका पूर्व सहकर्मी मेटमणि चौधरी प्रतिस्पर्धामा हुनुहुन्छ। एमाले विभाजन हुनुअघि दुवै जना केन्द्रीय सदस्य हुनुहुन्थ्यो। अहिले मेटमणि एकीकृत समाजवादीका सचिव हुनुहुन्छ भने शान्ता एमालेको पोलिटब्युरो सदस्य।

२०७४ सालको निर्वाचनमा माओवादीसँगको तालमेलले मेटमणि निर्वाचित हुनुभएको थियो। उहाँले ३७ हजार ९०८ मत पाउनुभएको थियो। उहाँका प्रतिस्पर्धी कांग्रेसकी सुशीला चौधरीले २४ हजार ७४ मत पाउनुभएको थियो।

त्यति बेला शान्ता पनि मेटमणिलाई जिताउन चुनावी अभियानमा खटिनुभएको थियो। यति बेला भने उहाँ आफैं प्रतिस्पर्धामा हुनुहुन्छ। उहाँ २०६४ र २०७४ सालमा एमालेबाट समानुपातिकतर्फबाट निर्वाचित हुनुभएको थियो। नेत्री शान्ता भूमिहीन र कम्लरी आन्दोलनबाट राजनीतिमा आउनुभएको हो।

लामो समयपछि टिकट पाउनुभएका गैरे मतदातका लागि नयाँ अनुहार हो भने पान्डेय, गठबन्धनका उम्मेदवार भएकाले कडा टक्कर दिनुहुने देखिन्छ।

पाल्पामा सोमप्रसाद पाण्डेय र ठाकुर गैरे

पाल्पा–२ मा एकीकृत समाजवादी लुम्बिनी कमिटीका अध्यक्ष सोमप्रसाद पाण्डेय र एमालेका पोलिटव्युरो सदस्य ठाकुर गैरे आमनेसामने हुनुभएको छ। गत निर्वाचनमा पाण्डेय यही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो।

माओवादीसँगको तालमेलमा तत्कालीन एमालेका उम्मेदवार पाण्डेयले ३४ हजार ८९९ मत पाउनुभएको थियो। उहाँका प्रतिस्पर्धी कांग्रेसका चन्द्रबहादुर केसीले २० हजार १५७ मत पाउनुभएको थियो। त्यति बेला गैरे चुनावी कमान्डर हुनुहुन्थ्यो। अहिले दुवै पूर्व सहकर्मी चुनावी मैदानमा उत्रिनु भएको छ।

लामो समयपछि टिकट पाउनुभएका गैरे मतदातका लागि नयाँ अनुहार हो भने पान्डेय, गठबन्धनका उम्मेदवार भएकाले कडा टक्कर दिनुहुने देखिन्छ।एमालेले भुसाललाई टिकट दिएन। एमालेले राप्रपासँग तालमेल गरेर बोहरालाई समर्थन गर्‍यो। त्यसपछि भुसाल पार्टी परित्याग गरेर स्वतन्त्र उम्मेदवार बन्नुभएको छ। उहाँलाई कांग्रेस, माओवादी, एकीकृत समाजवादी र लोसपाको समर्थन रहेको छ। कुनै समय एमाले पार्टी निर्माणमा सँगसँगै खटिएका दुवै नेताको चुनावी प्रतिस्पर्धालाई उत्सुकताका साथ हेरिएको छ।

रुपन्देही १ मा घनश्याम भुसाल र छविलाल विश्वकर्मा

लुम्बिनीमा रोचक प्रतिस्पर्धा भइरहेको अर्को क्षेत्र हो, रुपन्देही–१। यो क्षेत्रबाट एमालेका पूर्व स्थायी कमिटी सदस्य घनश्याम भुसाल र एमालेका सचिव छविलाल विश्वकर्मा प्रतिस्पर्धामा हुनुहुन्छ।

विश्वकर्मा गत निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो। उहाँले ३४ हजार ७५२ मत पाउनुभएको थियो। उहाँका प्रतिस्पर्धी कांग्रेसका अब्दुल रज्जाक गद्दीले २६ हजार ८८५ मत पाउनुभएको थियो। एमालेले यस पटक पनि उहाँलाई यही क्षेत्रबाट उम्मेदवार बनाएको छ। उहाँलाई राप्रपा र जसपाले समर्थन गरेका छन्।

भुसाल गत निर्वाचनमा रुपन्देही–३ बाट निर्वाचित हुनुभएको थियो। उहाँले ३२ हजार ८६६ मत पाउनुभएको थियो। उहाँका प्रतिस्पर्धी राप्रपाका दीपक बोहराले २७ हजार ४२२ मत पाउनुभएको थियो। यस पटक भने एमालेले भुसाललाई टिकट दिएन। एमालेले राप्रपासँग तालमेल गरेर बोहरालाई समर्थन गर्‍यो। त्यसपछि भुसाल पार्टी परित्याग गरेर स्वतन्त्र उम्मेदवार बन्नुभएको छ। उहाँलाई कांग्रेस, माओवादी, एकीकृत समाजवादी र लोसपाको समर्थन रहेको छ। कुनै समय एमाले पार्टी निर्माणमा सँगसँगै खटिएका दुवै नेताको चुनावी प्रतिस्पर्धालाई उत्सुकताका साथ हेरिएको छ।

गुल्मीमा एकीकृत समाजवादीको संगठन त्यति राम्रो नभएको बताइए पनि उहाँलाई गठबन्धनको साथ छ। स्वतन्त्र उम्मेदवारी दिनुभएका कांग्रेसका नेता दामोदर भुसालले आफ्नो उम्मेदवारी निस्क्रिय पारेर झाँक्रीलाई सर्मथन गरेसँगै त्यसको फाइदा झाँक्रीलाइ हुने भएको छ।

गुल्मी २ रामकुमारी झाँक्री र गोकर्ण विष्ट

गुल्मी–२ मा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री र एमाले सचिव गोकर्ण विष्ट बीच प्रतिस्पर्धा हुँदै छ। दुवै जनाले लामो समय एमालेमै रहेर काम गर्नुभएको थियो। एमाले विभाजन हुँदा झाँक्री एकीकृत समाजवादीमा र विष्ट एमालेमा बस्नुभयो। अहिले प्रतिनिधिसभा सदस्यका लागि दुवै नेता आमनेसामने हुनुभएको छ। विष्ट २०७४ सालको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)को समर्थनमा यही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो। उहाँले ३४ हजार ६१८ मत पाउनुभएको थियो। उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका चन्द्रबहादुर केसीले २० हजार १५७ मत पाउनुभएको थियो।

त्यति बेला विष्टलाई जिताउन झाँक्री पनि खटिनुभएको थियो। यति बेला भने झाँक्री आफैं उम्मेदवार हुनुभएको छ। गुल्मीमा एकीकृत समाजवादीको संगठन त्यति राम्रो नभएको बताइए पनि उहाँलाई गठबन्धनको साथ छ। स्वतन्त्र उम्मेदवारी दिनुभएका कांग्रेसका नेता दामोदर भुसालले आफ्नो उम्मेदवारी निस्क्रिय पारेर झाँक्रीलाई सर्मथन गरेसँगै त्यसको फाइदा झाँक्रीलाइ हुने भएको छ।

यी दुबै क्षेत्रमा दुई पूर्व सहकर्मीबीच कडा प्रतिस्पर्धा हुने आकलन गरिएको छ। स्थानीयका भनाइ अनुसार पहिला एक भएर गोकर्णलाई जिताउन आउने झाँक्री अहिले आफैं चुनावी मैदानमा खडा हुनुभएको छ। गोकर्ण भन्दा झाँक्री नयाँ युवा हुनुहुन्छ। यी कारणहरूले गुल्मीमा हुने यसपटकको चुनाव एकदमै रोचक हुने आकलन गरिएको छ।

 

  • श्रोत : आइएनएस-स्वतन्त्र समाचार

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?