बागबजारका व्यापारीलाई चुनावी चटारो (फोटोफिचर)

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । मंसिर ४ गते हुने आम निर्वाचनका लागि दलहरूको प्रचारप्रसारका लागि राजधानीको बागबजार क्षेत्रमा प्रचार सामग्रीको छपाई व्यापाक रुपमा भई रहेको छ । प्रचारप्रसार सुरु भएपछि विभिन्न पार्टीका झण्डा बनाउन धमाधम बागबजार आसपास रहेका छापाखानाका व्यापारीहरूलाई भ्याइनभ्याई छ । उनीहरूले दिन-रात नभनी पार्टीका झन्डासँगै अन्य चुनाव प्रचारप्रसार सामग्री तयार पारिरहेका छन्। अरु बेला फुर्सदिला देखिने ब्यापारीहरू निर्वाचनको मिति नजिकिदै गर्दा निकै व्यस्त देखिन्छन् । बागबजार क्षेत्रका हरेक झन्डा ब्यापारीहरूले दैनिक ५ देखि ६ हजार पिससम्म बिभिन्न पार्टीका झन्डा छाप्ने उनीहरू बताउँछन् । उनीहरूले झण्डालगायत अन्य ब्याच, टोपी, जस्ता चुनावसँग सम्बन्धित सामानहरू पनि बनाइरहेका छन्।

cunab samagri-hitacunab samagri-hita6cunab samagri-hita1cunab samagri-hita7cunab samagri-hita8cunab samagri-hita2cunab samagri-hita9cunab samagri-hita3cunab samagri-hita4

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?