दुर्गमका जनताको गुनासो- चुनावमा नेताहरू आश्वासन बाँड्छन्, जितेपछि वास्ता गर्दैनन्

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 5 mins

बाजुरा । मंसिर ४ गते हुँने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिँदै जाँदा दुर्गमका जिल्लामा मतदाता त्यति उत्साहित देखिएका छैनन् । राजनीतिक दलहरूले यतिबेला सर्वसाधारण नागरिकलाई विभिन्न आश्वासन बाडेर योजना दिने नाउँमा भोट माग्दै हिँडिरहेका छन् । सधैँझैँ यो पालिको चुनावमा पनि मतदाताको घरदैलोमा तिनै पूराना नेताको अनुहार देखिन्छ । गाउँमा विकास निर्माणका योजना दिने, रोजगारी दिने भन्दै पहिले जस्तै यो चुनावमा पनि विभिन्न आश्वासन दिँदै नेताहरू घरदैलोमा पुगिरहेका छन् ।

यतिबेला बाजुराका दुर्गम गाउँमा यहाँका राजनीतिक दलका नेता कार्यकर्ता उही पुरानै एजेण्डा र झुट्टा आश्वासन लिएर आउने गरेका छन् । चुनाव जितेपछि कहिले मुख नदेखाउने नेताहरू अहिले भने नानाथरीको विकास गर्छु भनेर लोभ देखाइरहेको बाजुराको बुढीनन्दा नगरपालिका वडा नं- १ का रंगमल बिकले बताउनुभयो ।

‘उहाँले भन्नुभयो, चुनावको बेला नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी भोट माग्दा गाउँको विकास गर्छु, हलिया समुदायको खाद्य सुरक्षाको ग्यारेन्टि गर्छु भनेर भन्छन्, तर चुनाव जितेर गइसकेपछि अवस्था उस्तै रहेको उहाँले गुनासो गर्नुभयो । अहिले पनि त्यहीँ आश्वासन दिएर भोट मागिरहेका छन् । ‘बाजुराकै हिमाली गाउँपालिका-६ पाडीमा कांग्रेसले चुनावी प्रचारमा गाउँमा विभिन्न योजना दिने भन्दै गाँउलेलाई कांग्रेस प्रवेश गराए त्यसपछि एमालेका नेता तथा कार्यकर्ता अझै धेरै विकास निर्माण गरिदिने भन्दै एमालेमा फिर्ता गराए पाडी गाउँमा १७५ परिवार बसोवास गर्दै आएका छौँ, योजना दिने भन्दै कहिले एमाले, कहिले कांग्रेसले भोट माग्ने गरेका छन्’ स्थानीय अगुवा प्रेमलाल भण्डारीले भन्नुभयो ।

गाउँमा विभिन्न योजना निर्माण गरिदिने जागिर लगाइदिने भनेर मत मागिरहेको भए पनि अहिले निर्वाचनका बेला जनता पनि जुन नेता आयो उतै फर्किने गरेका छन् । स्वामीकार्तिक खापर गाउँपालिका-१ मुक्तिकोटमा चुनावी प्रचारप्रसारमा पुग्ने सबै यस्तै भन्छन्, यहाँको गरिबी कुपोषण कम गर्ने भनेर प्रतिबद्धता गर्ने गरिरहेका छन् । चुनाव जितेपछि कहिले मुख नदेखाउने नेताहरू अहिले भने नानाथरीको विकास गर्छु भनेर लोभ देखाइरहेको स्थानीय गणेश बिकले बताउनुभयो । गाउँमा खानेपानी, बिद्यालय निर्माण तथा रोजगारिको ग्यारेन्टीको नारा लगाएर नेताहरू यतीबेला जताको घरदैलोमा पुग्ने गरेको मतदाताहरू बताउँछन् ।

बाजुरामा मात्रै होइन दुर्गमका अधिकांश जिल्लाहरूमा उहीँ पुरानै अवस्था छ, कालीकोट, जुम्ला, हुम्ला, मुगु, डोल्पा लगायतका दुर्गमका गाउँमा नागरिकको समस्या पुरानै अवस्थामा छ । कति व्यवस्था बदलिए कति देशले नेतृत्व ग¥यो तर नागरिकको जीवनस्तरमा थोरै पनि परिवर्तन नभएको यहाँका नागरिकको भनाइ छ ।

मतदान गर्ने दिन गन्दै बसेका यहाँका अधिकांश नागरिकको गुनासो उस्तै छ, सरकारले नागरिकको चाहना बुझ्न सकेन । राजनीतिक दलका प्रतिबद्धता र उम्मेदवारका पटक पटकका आश्वासन पत्याएका नागरिक त्यसको कार्यान्वयन नहुँदा निराश बन्नु स्वाभाविक हो । तर, नेतृत्व परिवर्तन गर्ने लोकतान्त्रिक विधि भनेकै मतदान हो भन्नेमा पनि मतदाता स्पष्ट छन् । निर्वाचनको लामो अनुभव लिएका ज्येष्ठ मतदाताहरू मतदानलाई लिएर जति उत्साहित छन्, त्यति नै चुनिएर जाने प्रतिनिधिप्रति सशंकित पनि छन् । त्यसैले, विजयी हुनेहरूलाई मतदाताको उत्साह कायम राख्दै शंका मेटाउनुपर्ने चुनौती छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?