हाम्रो नेपाली पार्टीको प्रतिबद्धता पत्र सार्वजनिक

‘भ्रष्टाचारीलाई जन्मकैद, बलात्कारीलाई नपुंसक, उत्पादनमा आत्मनिर्भर’

हिमालय टाइम्स
Read Time = 4 mins

ललितपुर । हाम्रो नेपाली पार्टीले चुनावी प्रतिबद्धता सार्वजनिक गरेको छ । आगामी निर्वाचनमा ‘लौरो’ अभियानमा रहेकाहरूको हाम्रो नेपालीले ललितपुरमा एक कार्यक्रमको आयोजना गरी पार्टी प्रतिबद्धता पत्र सार्वजनिक गरेको हो । कार्यक्रममा पार्टी प्रवक्ता रोहन कार्कीले देशलाई समृद्ध बनाउन र युवाका आकांक्षा पूरा गर्न लौरो अभियान जन्मिएको बताउनुभयो । उहाँले ठूला दलहरूले अहिले घोषणापत्र होइन माफीपत्र ल्याउनुपर्ने बताउनुभयो ।

सुमन सायमी संयोजक रहेको ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’लाई ‘लौरो’ अभियानले अबको विकास दीर्घकालीन निकाससहित दीर्घकालीन मास्टर प्लान बनाएर एक वर्ष, पाँच वर्ष, ५० वर्षको योजना बनाएर अघि बढ्ने प्रतिबद्धता गरेको छ । सातवटै प्रदेशमा सात चक्र निर्माण गरी तराई पहाड र हिमाललाई जोडेर सातवटा चक्रपथ तथा अध्यात्मिक मार्ग मनाउने, ७७ जिल्लामा शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनको अवधारणासहित हरेक सहर र गाउँलाई एक स्वर्गको बगैँचा बनाउने उल्लेख गरेका छन् ।

नुनदेखि सुनसम्म, सियोदेखि रकेटसम्म नेपालमै उत्पादन गरी विश्व बजारमा उत्कृष्ट पहिचान बनाउने घोषणा गरिएको छ । कैलाश पर्वतदेखि स्वर्गद्वारीसम्म जाने बाटो, स्वार्गद्वारीदेखि सगरमाथासम्म स्वर्गको बाटो र सगरमाथादेखि कञ्चनजंघासम्म स्वर्गपछिको बाटोमा केबलकार घोडा र पदमार्ग बनाउने उद्घोष गरिएको छ । प्रदेश सरकार र प्रदेश संसद् १०८ जना प्रत्यक्ष निर्वाचनबाट व्यवस्था गर्ने, राष्ट्रपतिका लागि ४५ वर्ष हुनुपर्ने नियम २५ वर्ष झार्ने उल्लेख छ । त्यस्तै, भ्रष्टाचारीलाई सम्पत्ति राष्ट्रियकरण र जन्मकैदको व्यवस्था गर्ने, बलात्कारीलाई केमिकल क्यारेष्टे«न गरी नपुंसक बनाउने कानुन ल्याउने प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ । यस्तै, लौरो अभियानले मौलिक पहिचान र धार्मिक स्वतन्त्रता सहितको राज्य, सांसदविहीन कार्यपालिका, निःशुल्क गुणस्तरीय शिक्षा, सामाजिक सुशासन सहितको उन्नतिशील राज्य, पर्यावरणीय सन्तुलन संरक्षण, उत्पादनमूलक अर्थतन्त्र, वैज्ञानिक कर प्रणाली, स्वदेश फर्क अभियान आविष्कार तथा अनुसन्धान केन्द्र स्थापना लगायतका प्रतिबद्धता अघि सारेको छ ।

प्रतिबद्धता सार्वजनिक कार्यक्रममा बोल्दै लौरो अभियानका संयोजक सुमन सायमीले देशको परिस्थिति र जनताको परिस्थितिलाई सुधार गर्न लौरो अभियान आउनुपरेको जिकिर गर्नुभयो । उहाँले लौरो अभियानबाट देशभर २०० जनाको उम्मेदवारी रहेको र आफ्नो अभियान देखेर ठूला राजनीतिक दलहरू पनि डराइरहेको दाबी गर्नुभयो । कलाकार एवं काठमाडौं क्षेत्र नम्बर ५ का लौरो अभियानको तर्फबाट प्रतिनिधिसभा उम्मेदवार मधुसूदन पाठकले ‘नो नट अगेन’बारे सर्वोच्च अदालतले दिएको अल्पकालीन आदेशले सारा लौरो अभियन्ताहरू खुसी हुनुपर्ने बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?