गायक पलक र संगीतकार मिथुन बाँधिए विवाह बन्धनमा

Read Time = 1 min

मुम्बई । भारतीय चर्चित गायिका पलक मुछाल र संगीतकार मिथुन विवाह बन्धनमा बाँधिनु भएको छ । नोबेम्बर ४ गतेदेखि दुवैको विवाहको कार्यक्रम सुरु भएको थियो भने नोभेम्बर ६ मा विवाह सम्पन्न भएको हो ।

पलक र मिथुनले विवाहको तस्वीर सामाजिक सञ्जालमा शेयर गर्नुभएको छ । यी तस्वीरहरू शेयर गर्दै दुवैले लेख्नुभएको छ, ‘आजबाट हामी दुवै सधैंका लागि एक भएका छौं ।’

दुवैले मागी विवाह गरेको बताइएको छ । यी दुईले यसअघि सँगै काम गरिसके पनि उहाँहरू कहिल्यै रिलेशनशिपमा हुनुहुन्थेन । दुवैको विवाह पारिवारिक साथीभाइले तय गरेका थिए । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?