काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेकपा एकीकृत समाजवादीलाई दिन तीन दलबीच सहमति जुटेको छ ।
आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भएको छलफलमा सुदूर सरकारको नेतृत्व समाजवादीलाई दिनेबारेमा सहमति जुटेको हो ।
नेकपा एसले एक प्रदेशको नेतृत्व, अन्य प्रदेशमा सहमतिअनुसार आलोपालोसहित सबै प्रदेशमा सम्मानजनक सहभागीता हुनुपर्ने अडान राखेको थियो ।
सुदुरपश्चिममा अहिले कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्री हुनुहुन्छ। शाहलाई समर्थन गर्ने बिषयमा नागरिक उन्मुक्ति पार्टी विभाजित बनेको छ । त्यहाँ नयाँ समीकरण अनुसार सरकार बनाउने नाउपाले पनि मुख्यमन्त्रीकै शर्त राखिरहेको छ ।
यता आलोपालो मुख्यमन्त्री पाउने भएपछि एकीकृत समाजवादीले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई विश्वासको मत दिन तयार भएको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच