दुबईको ज्वेलरी मेलामा नेपाली व्यवसायी

Read Time = 2 mins

काठमाडौं । दुबईमा सुरु भएको इन्टरनेसनल जेम एण्ड ज्वेलरी मेलामा नेपाली व्यवसायी पनि सहभागी भएका छन् । नेपाल रत्न तथा आभूषण संघका अध्यक्ष ज्योत्स्ना श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलले दुबई जेम एण्ड ज्वेलरी शोमा सहभागिता जनाएको हो । युएईका लागि भारतीय राजदूत सञ्जय सुधिरले उद्घाटन गरेको दुबई जेम एण्ड ज्वेलरी शो तीन दिनसम्म सञ्चालन हुने बताइएको छ । मेलामा संसारका २८ मुलुकका तीन सय ५० भन्दा बढी व्यवसायी सहभागी रहेको संघले जनाएको छ ।

संघकी अध्यक्ष श्रेष्ठले नेपाल जेम एण्ड ज्वेलरीको उच्च सम्भावनायुक्त देश भएको र एक्स्पोमा नेपाली व्यवसायीको सहभागिताले नेपाली सीप र कौशलको अन्तर्राष्ट्रियकरणमा समेत सहयोग पुग्ने बताउनुभयो । मेलाकै अवसरमा संघका अध्यक्ष श्रेष्ठले जेम एण्ड ज्वेलरीको विकास र विस्तारका लागि दुबई सिटी अफ गोल्ड एसोसिएसन र जेम एण्ड ज्वेलरी एक्स्पोर्ट प्रमोसन सेन्टरसँग सहकार्य गर्ने सहमति गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?