बससेवा डटकमद्वारा प्यासेन्जर लाउञ्ज निर्माण

Read Time = 2 mins

काठमाडौं । बससेवा डटकमले कलंकीस्थित ढुंगेअड्डामा अत्याधुनिक किसिमको प्यासेन्जर लाउञ्ज (यात्रु प्रतीक्षालय) सञ्चालनमा ल्याएको छ । हवाई यात्रुलाई प्यासेन्जर लाउञ्जको सुविधा भए पनि सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुलाई लक्षित गरी नेपालमै पहिलोपटक यस्तो किसिमिको लाउञ्ज निर्माण गरिएको कम्पनीले जनाएको छ ।

लाउञ्जको शुक्रबार चन्द्रागिरि नगरपालिकाका नगरप्रमुख घनश्याम गिरीले उद्घाटन गर्नुभयो । लाउञ्जमा यात्रुलाई वाइफाइ, निःशुल्क खानेपानी र चिया तथा कफीको व्यवस्थासमेत रहेको छ । लाउञ्जको सेवा बससेवाबाट टिकट काटेका यात्रुमात्रै नभई सबै यात्रुले प्रयोग गर्न सक्ने बताइएको छ ।

लाउञ्ज उद्घाटन गर्दै नगरप्रमुख गिरीले नेपालमै पहिलोपटक निर्माण गरिएको यस किसिमको लाउञ्जले यात्रुलाई धेरै सहज हुने भन्दै चन्द्रागिरिका अन्य क्षेत्रमा समेत विस्तार गर्न नगरपालिकाले पनि सहयोग गर्ने बताउनुभयो । ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीले लाउञ्जले यात्रुलाई सहज बनाउनेमात्र नभएर सडक सुरक्षामा समेत ठूलो भूमिका हुने बताउनुभयो ।

बससेवा डटकमका प्रमुख कार्यकारी अधिकृत पिआर खनालले भन्नुभयो, ‘हामीले सुरूदेखि नै आमयात्रुलाई सहज हुने खालका सेवा प्रदान गर्दै आएका छौँ । यात्रुलाई सामान राख्ने ठाउँ नहुने, सडक किनारामा धुलो खाँदै बस कुर्नुपर्ने बाध्यता थियो । एकातिर सामानको सुरक्षा नहुने, लामो समय गाडी कुर्नुपर्दाको झन्झटलाई मध्यनजर गर्दै हामीले लाउञ्जको व्यवस्था गरेका हौँ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?