पाँचथरमा नमूना मतदान

Read Time = 2 mins

-जितेन्द्र भण्डारी

पाँचथर । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पाँचथरमा शनिबार नमूना मतदान गरिएको छ ।

बदर मत कम गर्न र मतदाता शिक्षा प्रभावकारी बनाउन पाँचथरको सदरमुकाम फिदिम स्थित पाँचथर बहुमुखी क्याम्पस परिषरमा नमूना मतदान गरिएको हो ।

जिल्ला निर्वाचन कार्यालय पाँचथरले ३ सय ५४ मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई प्रशिक्षणसँगै ‘नमूना मतदान’ अभ्यास गराएको निर्वाचन कार्यालय पाँचथरका प्रमुख कुमार भट्टराईले बताउनुभयो ।

कार्यालयले जिल्लाका १ सय ७७ वटा मतदान केन्द्रमा खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई एक दिने प्रशिक्षणसमेत दिएको छ । २ सय जनाले अवलोकन गरेको उक्त नमूना मतदानमा ३० जनाले भाग लिएका थिए ।

नमूना मतदानमा महिला, पुरुष, अशक्त र वृद्धवृद्धाको लाइन मिलाउने, मतदाता परिचयपत्र रुजु गर्ने, मतदान अधिकृतको हस्ताक्षर रुजु गर्ने र गोप्य स्थानमा पुगी उम्मेदवारलाई मत दिन सिकाइएको थियो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?