प्रदेश राजधानी बुटवल ल्याउँछु भन्दै पौडेलले झुटको खेती गरे : उम्मेद्वार थापा

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 9 mins

रुपन्देही । राष्ट्रिय जनमुक्ति पार्टीका कार्यकारी अध्यक्ष केशवबहादुर थापा (सूर्यवंशी) ले पुनः लुम्बिनी प्रदेशको राजधानी बुटवल ल्याउँछौँ भन्ने एमाले उपाध्यक्ष विष्णु पौडेलको अभिव्यक्तिलाई राजनीतिक बेईमानिको संज्ञा दिनुभएको छ ।

पौडेलले बुटवलमा एक टेलिभिजनले आयोजना गरेको कार्यक्रममा सार्वजनिक अभिव्यक्ति दिँदै लुम्बिनी प्रदेशको राजधानी बुटवललाई तोक्न सकिने बताउनु भएको थियो

शनिबार घरदैलो कार्यक्रम पछि रुपन्देहीको तिलोत्तमामा आयोजना गरिएको कोणसभालाई सम्बोधन गर्दै थापाले हरेक हिसाबले रुपन्देही जिल्ला राजधानीको लागि उपयुक्त रहेपनि एमाले नेताका ब्यक्तिगत स्वार्थका कारण राप्तीको किनारमा राजधानी सारेको बताउँदै भोट कै लागि राजधानी सार्ने झुटको खेती गरेको बताउनु भयो ।

‘समग्र रुपन्देही जिल्ला लुम्बिनी प्रदेशको राजधानीको लागि उपयुक्त जिल्ला हो, यहाँ भौतिक संरचना समेत तयार छ, तर एमालेका नेताहरुले आफ्नो ब्यmिगत स्वार्थका कारणले पुर्वाधार नै नभएको राप्ती पु¥याईयो।’ उहाले भन्नुभयोे,‘ बहुमत दिएर जिताएका मतदाताको अपमान गरेका नेताले अहिले फेरि राजधानीकै विषयमा अनर्गल प्रचार गरिरहेका छन्, यो कुरा जनताले बुझ्नुपर्छ ।’
बाम लोकतान्त्रीक गठबन्धनका साझा उम्मेद्वारको रुपमा रुपन्देही २ मा घर चुनाव चिन्हबाट थापा चुनावी मैदानमा छन् । यस्तै प्रदेशसभा २(१)मा नेपाली कांग्रेसका दीर्घबहादुर केसी(कुमार) रुख चिन्हबाट र प्रदेशसभा २ (२)मा माओबादी केन्द्रका बामदेब क्षेत्री गोलाकार भित्रको हसिँया हथौडा चिन्ह लिएर चुनावी मैदानमा छन् ।

रुपन्देही क्षेत्र नं. २ का लोकतान्त्रीक बाम गठबन्धनका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार थापाले नेकपा एमाले सरकारले लुम्बिनी प्रदेशलाई २ वर्षसम्म यता न उता बनाएर लुम्बिनी प्रदेशकोे राजधानीलाई अलपत्र पारेको टिप्पणी गर्नु भयो । ‘राजधानी दाङमा नै छ भनौं भने सबै मन्त्रालय यही बुटवलमा छ’ उहाँले भन्नुभयो,‘राजधानी बुटवलमा छ भनौं भने बोर्ड दाङमा लगेर राखिएको छ ।’ राजधानीलाई अधकल्चो बनाएर आफ्नो खेल तमासा देखाउनेलाई अबको चुनावमा जनताले पराजित गरेर सजाय दिनु पर्ने उहाँले बताउनु भयो ।

दैत्य चरित्र भएकालाई मंसिर ४ को चुनावमा पराजित गर्नुपर्ने थापाको भनाई छ । जनमतको अपमान गर्नेलाई जनताले सजाए दिने दिन आएको र अबको निर्वाचनमा ६ दलीय गठबन्धनका उम्मेदवारलाई जिताउन थापाले आग्रह गर्नुभयो ।

यस्तै रुपन्देही क्षेत्र नंं. २(१) को प्रदेश सभा सदस्य पदका उम्मेदवार दीर्घबहादुर केसी (कुमार)ले बुटवलबाट राजधानी सार्नलाई जनताले जवाफ दिने दिन मंसिर ४ नजिकिँदै आएको बताउनु भयो। कोणसभालाई सम्बोधन गर्दै केसीले एमालेका नेताहरुले के कारणले बुटवलबाट राप्तीको किनारमा राजधानी सारे भन्ने जनतालाई जवाफ दिनु पर्ने बताउनु भयो । राप्तीको किनार राजधानी लागि बुटवल भन्दा कसरी उपयुक्त थियो केसी प्रश्न गर्दै भन्नुभयो, ‘के सुरक्षा, शिक्षा, स्वास्थ्य, पुर्वाधारको दृष्टिकोणले उपयुक्त थियो?’

प्रतिस्पर्धी एमाले नेता लिला गिरी प्रति ईगित गर्दै केसीले यहाँका जनतालाई झुक्काएर राप्तीको किनारमा राजधानी सार्नुको कारण बारे जनतालाई जवाफ दिन जोड दिनुभयो। जनतालाई झुक्याउने नेतालाई मंसिर ४ गतेको आम निर्वाचनमा पराजित गरेर सजाय दिन आग्रह गर्नु भयो ।

बाम लोकतान्त्रीक गठबन्धनका उम्मेद्वारहरुले आफ्नो घरदैलोलाई निरन्तरता दिईरहेका छन् । रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार केशव बहादुर थापा(सुर्यवंशी) तथा प्रदेशसभा सदस्य २(१)का उम्मेद्वार दीर्घबहादुर केसी(कुमार) र २(२)का उम्मेद्वार बामदेब क्षेत्रीले घरदैलोलाई निरन्तरता दिनु भएको छ ।

शनिबार तिलोत्तमा १ का बिभिन्न स्थान शारदा स्कुल, शान्तीनगर, शाईराम टोल, पर्वती चोक, बेलको रुख, सातघरे मगर टोल, बनबाटिका, फाएरलाईन, शान्तीचोक, पाउरोटी फ्याक्ट्री हुँदै बुद्धपथमा आएर कोणसभा गरि घरदैलो समापन गरिएको नेपाली कांग्रेस तिलोत्तमा १ सचिव मनोज टण्डनले बताउनु भयो ।

नेपाली कांग्रेस तिलोत्तमा १ सभापति जवानसिंह ठकुरीको नेतृत्वमा भएको घरदैलोमा स्थानीयहरुले नयाँ उम्मेद्वारलाई मतदान गर्ने बताएको सचिव टण्डनले वताउनु भयो।
घरदैलो कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार केशव बहादु थापा(सुर्यवंशी) र प्रदेशसभा सदस्य २(१)का उम्मेद्वार दीर्घ बहादुर केसी(कुमार)ले नेकपा एमालेबाट देश पार नलाग्ने बताउँदै देश र संविधान बचाउन गठबन्धनका उम्मेद्वारलाई बिजयी गराउन आग्रह गर्नु भयोे । उम्मेद्वारहरुले नेकपा एमालेले जनतालाई प्रलोभवनमा पारि झुक्कयाउने कामहरु मात्रै गर्ने गरेको बताउँदै सत्यको पछि हिड्ने उम्मेद्वार(गठबन्धनका उम्मेद्वार)लाई बिजयी बनाउन आग्रह गरे ।

यस्तै प्रदेशसभा सदस्य २(२)का उम्मेद्वार बामदेब क्षेत्रीले बुटवल उपमहानगरपालिका वडा १२ का बिभिन्न स्थानमा घरदैलो गर्नु भएको छ । घरदैलोमा मतदाताले बाम लोकतान्त्रीक गठबन्धनका उम्मेद्वारलाई मतदान गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ ।

बिहान क्षेत्रीले बिभिन्न धार्मिक संघ संस्थाका अगुवाहरुसंग भेटवार्ता गर्नु भएको छ । ब्रह्मकुमारी ईश्वरीय विश्व बिद्यालय, ज्योति चर्च गोलपार्कका अगुवाहरुसंग भेटगरी बाम लोकतान्त्रीक गठबन्धनका उम्मेद्वारहरुलाई बजियी बनाउन आग्रह गर्नु भएको थियो । चर्चका अगुवाहरुले बिजयी भएपछि क्रिष्टमसको दिनमा सार्वजनिक बिदा दिन माग गर्नु भएको थियो उहाले बिश्व बिद्यालयका अगुवाहरुले बिजयी भएपछि निर्माणाधिन भवन सम्पन्न गर्न बजेटको व्यवस्थापन गरिदिन आग्रह गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?