मकवानपुर क्षेत्र नम्बर १ (ख) मा नयाँ अनुहारको प्रतिस्पर्धा

हिमालय टाइम्स
Read Time = 7 mins

-प्रकाश दाहाल

हेटौंडा । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको लागि मकवानपुरका उम्मेदवारहरू चुनावी सभा तथा घरदैलोमा व्यस्त रहेका छन्। पार्टीका नेता कार्यकर्ता स्थानीय तह निर्वाचनमा आफ्ना उम्मेदवारले पाएको मत संख्यालाई जोड घटाउ गरेर हार जित के हुने अनुमान गर्न थालेका छन्।

मकवानपुरको क्षेत्र नम्बर १ को प्रदेशसभा ख मा अघिल्लो पटकभन्दा यसपटक फरक तालमेल बनेको छ। अघिल्लो पटक एमाले र माओवादी तालमेलबाट यो क्षेत्रमा पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले जित्नुभएको थियो। यस क्षेत्रमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका तर्फबाट आनन्तराम पराजुली, एमालेबाट जिल्ला अध्यक्ष एकलाल श्रेष्ठ र राप्रपाका गुञ्जनबहादुर न्यौपाने जनप्रतिनिधि नभएका नयाँ अनुहार चुनावी मैदानमा छन् भने साना दल र स्वतन्त्र उम्मेदवारहरू पनि चुनावी प्रतिस्पर्धामा लागेका छन्। यद्यपि विगतको निर्वाचन र स्थानीय तह निर्वाचनको मतलाई हेर्ने हो भने यस चुनावी क्षेत्रमा कांग्रेस, एमाले र राप्रपाबीच त्रिपक्षीय भिडन्त देखिन्छ तर स्थानीय तहमा मेयरको उम्मेद्बार बनेर लोकप्रिय मत ल्याएका राप्रपाका दीपकबहादुर सिंह प्रतिनिधि सभामा उम्मेद्बार बनेपछि उनको जस्तो मत न्यौपानेलाई नआउने चर्चा छ। राजनीतिक दलहरूको बदलिएको समीकरणका कारण यस निर्वाचन क्षेत्रको चुनावलाई अघिल्लो भन्दा फरक बनाएको चर्चा चल्ने गरेको छ।

यस निर्वाचन क्षेत्रमा हेटौडा उपमहानगरपालिकाको वडा नम्बर २, ४, ५, ६, ७, ८, ९, १०, १२, १३, १४, १५ गरी १२ वटा वडा पर्दछन्। स्थानीय तह निर्वाचन–२०७९ मा ४२ हजार मत खसेको यस क्षेत्रको वडामा यस पटक ७२ हजार १ सय ६६ मतदाता रहेका छन्। नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा ९एस० बीच समिकरण भएर सम्पन्न स्थानीय तह निर्वाचनमा ४ वटा वडा अध्यक्षमा कांग्रेस, १ वटा वडा नेकपा (एस) र १ वटा वडामा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका थिए। यस्तै वडा नम्बर ४, ५, १०, १३, १४ र १५ को वडाअध्यक्षमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका थिए। ६ वटा वडा कांग्रेससहित गठबन्धन र ६ वटा वडा एमाले एक्लैले जितेको छ।

विगतको निर्वाचन र स्थानीय तह निर्वाचनको मतलाई हेर्ने हो भने यस चुनावी क्षेत्रमा कांग्रेस, एमाले र राप्रपाबीच त्रिपक्षीय भिडन्त देखिन्छ तर स्थानीय तहमा मेयरको उम्मेद्बार बनेर लोकप्रिय मत ल्याएका राप्रपाका दीपकबहादुर सिंह प्रतिनिधि सभामा उम्मेद्बार बनेपछि उनको जस्तो मत न्यौपानेलाई नआउने चर्चा छ। राजनीतिक दलहरूको बदलिएको समीकरणका कारण यस निर्वाचन क्षेत्रको चुनावलाई अघिल्लो भन्दा फरक बनाएको चर्चा चल्ने गरेको छ।

गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा १२ वटा वडा मध्ये ४ वटा नेपाली कांग्रेसले १।१ वडामा नेकपा (एस) र माओवादी केन्द्रले जित हात पारेको थियो भने वडा नम्बर १२ मा कांग्रेस एकल चुनाव लडेको थियो जसमा माओवादी केन्द्रका उम्मेदवार भन्दा ३९ मतले कांग्रेसका उम्मेदवार पराजित भएका थिए। यता हेटौंडाको मेयर र उपमेयर पनि गठबन्धन दलकै नेकपा (एस) र कांग्रेसका उम्मेदवार निर्वाचित भएका थिए।

मेयरमा नेकपा (एस)की मिना कुमारी लामाले २३ हजार ७५ मत र उपमेयरमा कांग्रेसका उम्मेदवार राजेश बानियाँले ३२ हजार ५ सय ९३ मत प्राप्त गरी निर्वाचित भएका थिए।

यता स्थानीय तहको निर्वाचन–२०७९ मा यस क्षेत्रको वडाहरूमा वडाध्यक्षले पाएको मत गठबन्धन दल केही मतले अगाडि देखिन्छ भने एमाले दोस्रो र राप्रपा तेस्रो स्थानमा रहेको छ। स्थानीय तह चुनावमा यस क्षेत्रमा पर्ने हेटौडाका वडाहरूमा कांग्रेससहित नेकपा (एस) र माओवादी केन्द्रका वडाध्यक्षहरूले २० हजार ६ सय ३४, एमालेको वडाध्यक्षले १९ हजार २ सय ४६ र राप्रपाका उम्मेदवारले २ हजार ८ सय ४९ मत प्राप्त गरेका थिए।

यो तथ्याङ्क हेर्दा लोकतान्त्रिक बाम गठबन्धन १ हजार ३ सय ८८ मतले एमालेभन्दा अगाडि छ भने गठबन्धन १७ हजार ७ सय ८५ मतले राप्रपा भन्दा अगाडि रहेको देखिन्छ। स्थानीय तहको निर्वाचन पछि थपिएको मतदाताको मतले को विजयी हुन्छ भन्ने कुरा चाहिँ मंसिर ४ मा सम्पन्न निर्वाचन पछिको मतगणानालाई नै कुर्नुपर्नेछ। हाल मकवानपुर क्षेत्र नम्बर १ (ख) मा ७२ हजार १६६ मतदाता रहेका छन्।

हालसम्म जनप्रतिनिधिका लागि निर्वाचन नलडेका एमालेका एकालाल श्रेष्ठ र काङ्ग्रेसका आनन्दराम पराजुलीबीच नै यहाँ मुख्य प्रतिस्पर्धा हुने देखिन्छ।

 

श्रोत : आइएनएस-स्वतन्त्र समाचार

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?