Tuborg 2079-6-30 Ehimlayantimes-1000x100

‘लाल सिंह चड्डा’को असफलता पछि एक वर्ष परिवारलाई समय दिँदै आमिर

हिमालय टाइम्स
Read Time = 2 mins
A A- A+

मुम्बई । अभिनेता आमिर खानका फ्यान उनको नयाँ प्रोजेक्टका लागि उत्साहित छन् । फिल्म ‘लाल सिंह चड्डा’को असफलता पछि आमिर नयाँ फिल्म ‘च्याम्पियन’को तयारीमा छन् । तर फ्यानले यो फिल्म हेर्न झण्डै एक वर्ष पर्खनुपर्नेछ ।

आमिर विगत ३५ वर्षदेखि बलिउडमा सक्रिय छन् । यही सक्रियताका कारण उनले परिवारलाई उत्कृष्ट समय दिन सकेका छैनन् । फिल्म ‘लाल सिंह चढ्ढा’ रिलिज पछि आमिर परिवारसँग समय बिताइरहेका छन् । आफ्नो प्रतिक्षित प्रोजेक्टको काम उनी आगामी वर्षको अन्त्यसम्म गर्नेछन् । यो एक वर्षको अवधिको समय उनले परिवारलाई दिनेछन् ।

आमिरका अनुसार उनी फिल्म ‘च्याम्पियन’मा अभिनेता नभई निर्माताका रुपमा आफ्नो भूमिका देखाउनेछन् । ‘यो फिल्म निर्माणको मामलामा मेरा लागि नयाँ हुनेछ । यसलाई लिएर उत्साहित छु’, उनले भनेका छन् ।

आमिरले नयाँ फिल्म सुन्दर र धमाकेदार हुने बताए । ‘च्याम्पियन एक सुन्दर फिल्म हो र यसको स्क्रिप्ट निकै धमाकेदार छ । जसले दर्शकको मन छुन्छ’, उनले भनेका छन् । आमिर यो प्रोजेक्ट आमिर खान प्रोडक्सनसँगै सोनी पिक्चर्स र २०० नटआउट प्रोडक्सनको व्यानरमा निर्माण गर्नेछन् ।

आमिरको फिल्म ‘लाल सिंह चढ्ढा’ गत अगष्टमा रिलिज भएको थियो । अद्वैत चन्दन निर्देशित फिल्म सन् १९९४ मा रिलिज हलिउड फिल्म ‘फरेस्ट गम्प’को हिन्दी रिमेक थियो । यो फिल्मको सामाजिक सञ्जालमा व्यापक विरोध भएको थियो । जसको असर फिल्मको बक्सअफिस कलेक्सनमा देखियो । एजेन्सी

Ek-nepal-add-2079-5-26-All-media-in-nepal

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?