ग्लोबल र लक्ष्मी इन्टरकन्टिनेन्टलबीच सहकार्य

Read Time = 2 mins

काठमाडौं । ग्लोबल आइएमई बैंक र लक्ष्मी इन्टरकन्टिनेन्टलबीच सहुलियत ब्याजदरमा विद्युतीय सवारी कर्जा उपलब्ध गराउने सम्झौता भएको छ । दुवै संस्थाबीच लक्ष्मी इन्टरकन्टिनेन्टलका विद्युतीय सवारीमा सहुलियत ब्याजदरमा कर्जा प्रवाह गर्ने सम्झौता भएको हो ।

बिहीबार बैंकमा आयोजित एक कार्यक्रमबीच बैंकका साना तथा मझौला कर्जा विभाग प्रमुख रूपेन्द्र वाग्ले र लक्ष्मी इन्टरकन्टिनेन्टलका जनरल म्यानेजर इन्द्रप्रसाद सापकोटाले सम्झौतापत्रमा पत्रमा हस्ताक्षर गर्नुभएको छ । सम्झौताअनुसार बैंकले लक्ष्मी इन्टरकन्टिनेन्टल तथा उक्त कम्पनीका आधिकारिक बिक्रेताले बिक्री गर्ने हुण्डाई ब्राण्डका विद्युतीय सवारीसाधन खरिद गर्न सहजरूपमा कर्जा प्रवाह गर्नेछ ।

आवश्यक कागजात तथा विवरणसहित बैंकको शाखा कार्यालयमा निवेदन दिएको तीन कार्यदिनभित्र ग्राहकलाई बैंकले नियमानुसार सवारीसाधन कर्जा प्रवाह गर्ने भएको छ । सो अवसरमा बैंकका नायब महाप्रबन्धक कल्याणविक्रम पाँडे, रिटेल बैंकिङ प्रमुख नरहरि सिलवाल, लक्ष्मी इन्टरकन्टिनेन्टलका जनरल म्यानेजर दिपक थपलियालगायतको उपस्थिति रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?