काठमाडौं ९ बाट एमालेका कृष्णगोपाल श्रेष्ठ निर्वाचित

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ९ बाट नेकपा एमालेका नेता कृष्ण गोपाल श्रेष्ठ प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनु भएको छ ।

उहाँ स्वतन्त्र पार्टीका उम्मेदवार टेकबहादुर पोखरेललाई ९९५ मतले पछि पार्दै निर्वाचित हुनु भएको हो ।

काठमाडौं क्षेत्र नम्बर ९ मा खसेको ४३०६७ मत मध्ये एमालेका कृष्ण गोपाल श्रेष्ठले ११९५६ मत ल्याउँदा उहाँको प्रतिद्धन्द्धी राष्ट्रिय स्वतन्त्र पार्टीका पोखरेल १०९६१ मत पाउनु भयो। गठबन्धनबाट उम्मेदवार बन्नुभएको कल्पना धमलाले ६४०२ मत ल्याउँदै तेस्रो बन्नुभयो ।

काठमाडौं क्षेत्र नम्बर ९ मा ७२ हजार १७३ मतदाता रहेकोमा ४३ हजार ६७ मत मात्रै झरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?