बागलुङ-१ मा केसी र २ पौडेलको निरन्तर अग्रता

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 1 min

बागलुङ । बागलुङ–२ मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का देवेन्द्र पौडेलले अग्रता कायम राख्नु भएको छ । पौडेलले नेकपा एमालेकी मञ्जु शर्मा चालिसेलाई २२६१ मतले पछि पार्दै अग्रता कायम राख्नु भएको हो ।

पौडेलले १३ हजार ४१३ मत प्राप्त गर्दा चालिसेले ११ हजार १५२ मत ल्याउनु भएको छ । यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पाटीले पनि अनपेक्षित मत प्राप्त गरेको छ । सो पार्टीकी उम्मेदवार तिला खत्रीले १२२२ मत ल्याउनु भएको छ ।

बागलुङ–१ मा राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसीले पनि निरन्तर अग्रता बढाउँदै जानु भएको छ । केसी २ हजार ४० मतले नेकपा एमालेका डा. सूर्य पाठकलाई पछाडी पार्नु भएको छ । केसीले १५ हजार २७५ मत प्राप्त गर्दा पाठकले १३ हजार २३५ मत प्राप्त गर्नु भएको छ ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले ६ हजार ६७ मत प्राप्त गर्नु भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?