इलाम-२ मा एमालेका सुवासचन्द्र नेम्वाङको अग्रता कायमै

प्रकाश नेपाल इलाम, संवाददाता
Read Time = 2 mins

इलाम । इलाम क्षेत्र नं २ मा पुर्वसभामुख सुवासचन्द्र नेम्वाङले अग्रता कायमै राख्नुभएको छ । नेम्वाङले ८३३ मतको अग्रता कायम राख्नुभएको हो ।

उहाँले ११ हजार ६२१ मत पाउँदा निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका डम्बर खड्काले १० हजार ७८८ मत पाउनुभएको छ । इलाम क्षेत्र नं १ मा मंगलबारबाट स्थगित भएको गणना अझै सुचारु हुन सकेको छैन् । निर्वाचन अधिकृतको कार्यालयले एक सूचना जारी गर्दै मतगणना कार्य सुचारु गराउनका लागि १० बजे बोलाएको छ ।

मतगणनाका क्रममा कर्मचारीहरूबाट लापरवाही भएको भन्दै विवाद भएपछि गणना स्थगित भएको थियो । स्थगित गणना सुचारु गर्ने बारेमा सहमतिका लागि उम्मेदवार र दलका प्रतिनिधिसहितको बैठक बसेपनि सहमति जुट्न सकेन ।

सत्ता गठबन्धनले यसअघि गणना भएको मत पुनः गणना हुनुपर्ने, गणनाका कर्मचारीहरू परिर्वतन गर्नुपर्ने लगायतका माग राखेपनि नेकपा एमालेले नमानेपछि सर्वदलीय बैठक विना निष्कर्ष टुंगिएको छलफलमा सहभागि एक नेताले बताए ।

इलाम–१ मा २३ हजार ८ सय ६५ मतगणना सकिएको छ । पछिल्लो मतगणनामा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल १ हजार ५ सय ७ मतान्तरले पछि देखिनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?