स्मार्ट च्वाइस र सनराइजबीच सहकार्य

Read Time = 1 min

काठमाडौं । स्मार्ट च्वाइस टेक्नोलोजिज र सनराइज बैंकबीच डिजिटल पेमेन्ट कारोबार गर्ने ग्राहकलाई स्मार्ट क्युआर प्रयोगमा ल्याउन सम्झौता भएको छ । सम्झौतापत्रमा स्मार्ट च्वाइसका प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजू र बैंकका प्रमुख डिजिटल बैंकिङ दिलिप मैनालीले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौतासँगै सनराइज बैंकका ग्राहकले बैंकको मोबाइल बैंकिङ एप सनराइज स्मार्ट प्लस प्रयोग गरी कुनै पनि वस्तु तथा सेवा खरिद गर्दा उक्त सेवाको भुक्तानी स्मार्ट क्युआरमार्फत् गर्न सक्नेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?