विश्वकपमा आज चार खेल हुँदै

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज शनिबार चार खेलहरू हुँदैछन् । कतार विश्वकपमा आज समूह चरण अन्तर्गत समूह ंसी’ र समूह ‘डी’ का दुई दुई खेलहरू हुनेछन् ।

पहिलो खेलमा समूह ‘डी’ मा रहेको ट्युनिसिया र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुनेछ । ट्युनिसिया र अष्ट्रेलियाबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ ।

ट्युनिसिया र अष्ट्रेलिया आज पहिलो जितको खोजीमा हुनेछन् । ट्युनिसियाले पहिलो खेलमा बराबरी खेलेको थियो भने अष्ट्रेलिया पराजित भएको थियो ।

दोस्रो खेलमा समूह ‘सी’ पोल्याण्ड र साउदी अरेबियाबीच प्रतिस्पर्धा हुनेछ । पोल्याण्ड र साउदीबीचको खेल साँझ ६:४५ बजे सुरु हुनेछ ।

पहिलो खेलमा बराबरी खेलेको पोल्याण्ड पहिलो जितको खोजीमा रहेको छ । साउदी भने लगातार दोस्रो जित निकाल्ने योजनामा छ ।

विश्वकप अन्तर्गत नै शनिबार हुने तेस्रो खेलमा फ्रान्स र डेनमार्कबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘डी’ मा रहेको फ्रान्स र डेनमार्कबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।

फ्रान्स लगातार दोस्रो जितको योजनामा रहेको छ । डेनमार्क पहिलो जित निकाल्न चाहन्छ ।

त्यस्तै चौंथो खेलमा अर्जेन्टिनाले मेक्सिकोको सामना गर्नेछ । समूह ‘सी’ मा रहेको अर्जेन्टिना र मेक्सिकोबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।

पहिलो खेलमा हार व्यहोरेको अर्जेन्टिना पहिलो जित निकाल्ने योजनामा रहेको छ । पहिलो खेलमा बराबरी खेलेको मेक्सिको पनि पहिलो जित निकाल्न चाहन्छ ।

विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् । यस विश्वकपमा कुल ६४ खेल हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?