तेह्रथुम-१ मा नेपाली कांग्रेसकी सीता गुरुङ निर्वाचित

हिमालय टाइम्स
Read Time = 1 min

तेह्रथुम । तेह्रथुम-१ मा नेपाली कांग्रेसकी सीता गुरुङ विजयी हुनुभएको छ । गुरुङ १९ हजार ७०२ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।

नेकपा एमालेका विजय सुब्बाले १८ हजार ६२३ मत ल्याउनुभयो । उहाँहरूबीचमा १ हजार ७९ मतान्तर रहेको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका विष्णुकुमार चोङवाङ ७२३ मत प्राप्त गरी तेस्रो हुनुभयो ।

तेह्रथुमको १ नम्बर निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभा निर्वाचनका लागि संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीसहित विभिन्न पार्टीबाट १० उम्मेदवार रहेका थिए ।

गुरुङ गत २०७४ सालको निर्वाचनमा एमालेका भवानी खापुङसँग २ हजार २१ मतले पराजित हुन भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?