साताको सेयर ३.२८ अंकले गिरावट

Read Time = 2 mins

काठमाडौं । पछिल्लो साता सेयर बजार ३.२८ अंकले घटेको छ । सातामा तीन कारोबार दिनमात्र सेयर कारोबार भएकोमा नेप्सेसँगै कुल बजार पुँजीकरण २७ खर्ब ८१ अर्ब २९ करोड रुपैयाँमा झरेको छ । गत साता २७ खर्ब ८६ अर्ब दुई करोड रुपैयाँ रहेको थियो ।

घलेम्दी हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक १६ प्रतिशत बढेर दुई सय १९ रुपैयाँ पुगेको छ भने जानकी फाइनान्सको १०.४८ प्रतिशत बढेर तीन सय ९० रुपैयाँ, सयपत्री हाइड्रोपावर ७.९१ प्रतिशत बढेर ३७५.३० रुपैयाँ, वीन लघुवित्त ७.५३ प्रतिशत बढेर एक हजार रुपैयाँ र शाइन रेसुंगा डेभलपमेन्ट बैंकको सेयरमूल्य ६.५२ ३४३ रुपैयाँ पुगेको छ ।

युनिलिभर नेपालको सेयरमूल्य सर्वाधिक ५.५८ प्रतिशत घटेर १८ हजार छ सय रुपैयाँमा झरेको छ भने मन्दाकिनी हाइड्रोपावर पनि ५.४३ प्रतिशत घटेर ३२०.२० रुपैयाँ, लुम्बिनी विकास बैंक ५.३४ प्रतिशत घटेर तीन सय ३७ रुपैयाँ, अपर हेवाखोला हाइड्रोपावर ५.३१ प्रतिशत घटेर तीन सय ५५ रुपैयाँ र श्वेतगंगा हाइड्रोपावरको सेयरमूल्य ५.१३ प्रतिशत घटेर दुई सय २० रुपैयाँमा झरेको छ ।

कारोबारमा आएका १३ समूहगत सूचकमध्ये पाँचको बढेको छ भने बाँकी आठ घटेको छ । उत्पादन तथा प्रशोधन सर्वाधिक १.२० प्रतिशतले बढेको छ भने लगानीको १.११ प्रतिशतले घटेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?