सुनसरी-१ मा जसपाका अशोक राईलाई अग्रता

हिमालय टाइम्स
Read Time = 1 min

सुनसरी । सुनसरी १ मा प्रतिनिधि सभा सदस्यतर्फ जनता समाजवादी पार्टीका उम्मेदवार अशोककुमार राईले अग्रता बढाउनु भएको छ ।

पछिल्लो मत परिणाम अनुसार राईले १५ हजार ११४ मत प्राप्त गर्नुभएको छ । उहाँलाई राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङ १४ हजार ६ सय २९ मतसहित पछ्याइरहनुभएको छ ।

सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार मुक्सासमहाङ्ग सुब्बा ११ हजार ५६२ मतसहित तेस्रो नम्बरमा र एमालेले जसपालाई समर्थन गरेपछि बागी उम्मेदवारी दिनुभएका मनोज कुमार मेयाङ्गबोले ७ हजार १९० मत प्राप्त गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?