काठमाडौं । पाचौं सातामा प्रदर्शन भइरहेको चलचित्र ‘महापुरुष’ले दश करोड बढीको ग्रस कलेक्सन गरेको छ । निर्माण पक्षले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै चलचित्रले चौथो सातामा दश करोड क्लबमा इन्ट्री पाएको जनाएको हो । पाँचौं सातामा समेत पर्याप्त शो र हाउसफुल व्यापार गरिरहेको ‘महापुरुष’ ५१औं दिनको यात्रामा देखिन्छ । चलचित्रका निर्माता म्याक्स दीपेश खत्रीका अनुसार ‘महापुरुष’ले पहिलोसाता चार करोड ५६ लाख ७७ हजार, दोस्रो साता दुई करोड ८३ लाख २७ हजार, तेस्रो साता एक करोड ४२ लाख र चौथो साता एक करोड २७ लाख पाँच हजारको ग्रस कलेक्सन गरेको हो ।
आयोजित पत्रकार सम्मेलनमा लेखकसँगै निर्देशकसमेत रहनुभएका प्रदीप भट्टराईले चलचित्र निर्माणको उद्देश्य व्यक्त भावनालाई भन्नु रहेको बताउनुभयो । ‘हामीले यसले रेकर्ड बनाउला वा यति व्यापार गर्ला भन्ने सोचेर नभई हाम्रो समाजको समस्यालाई भन्नुपर्छ भन्ने लगेर नै बनाएका हौं । यसले गरेको व्यापारले हामीलाई हाम्रै कथा भन्न झनै प्रोत्साहन मिलेको छ’, भट्टराईले भन्नुभयो ।
चलचित्र ‘जात्रा’मार्फत निर्देशनमा डेब्यु गर्नुभएका भट्टराईले ‘शत्रु गते’, ‘जात्रै जात्रा’ र ‘महापुरूष’ गरेर लगातारा चार चलचित्र ब्लकबष्टर दिनुभएको छ । धेरै सन्तानले आफ्नो अभिभावकसँग भन्न नसकेका कुराहरू चलचित्रले भन्ने उहाँले बताउनुभयो । स्वदेशमात्र नभई विदेशमा समेत चलचित्रले राम्रो दर्शक पाइरहेको कार्यकारी निर्माता रवीन्द्र सिंह बानियाँले जिकिर गर्नुभयो । उहाँका अनुसार चलचित्रले अमेरिकाको डलासमा ५१औं दिन पार गर्न सक्छ । ‘नेपालसँगै अमेरिका, क्यानाडा, अष्ट्रेलिया, युरोपमा प्रदर्शन भइरहेको छ । त्यहाँ नेपाल झैँ बक्सअफिसमा टिकेट काटेर चलचित्र हेर्न सकिन्छ’, कार्यकारी निर्माता बानियाँले भन्नुभयो । चलचित्र नोभेम्बर २० देखि युरोपका विभिन्न शहरमा प्रदर्शन भइरहेको छ मध्यपूर्वी देशहरूअन्तर्गत संयुक्त अरब इमिरेट्स, बहराइन, ओमान, कतारमा आउँदो डिसेम्बर १ देखि प्रदर्शन हुँदैछ । मिडल इस्टका देशहरूमा प्रदर्शनको अधिकार लिनुभएका निप फिल्म्सका सञ्चालक रमेश ढकालले भक्स, नोभा, स्टार, रोयल, ओस्कार, सिनेको, सिनेपोलिसलगायत सिनेमाजहरूमा चलचित्र ‘महापुरुष’ प्रदर्शन हुने जानकारी दिनुभयो ।
चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, रवीन्द्र सिंह बानियाँ, शिरु विष्टसँगै नवप्रस्तुतिमा अरुण क्षेत्री र अञ्जना बराइली मुख्य भूमिकामा हुनुहुन्छ । चलचित्रमा एक्लोपनको कथा देखाइएको छ । आदर्शनगरमा बसोबस गर्ने अवकाश प्राप्त शिक्षकमार्फत पिता र एलक पुरुषसँगै एक्लोपनकथा चलचित्रमा छ । भविष्य निर्माण गर्न अलग भइसकेको छोरा, सपना बोकेर अष्ट्रेलिया जान लागेको छोरा र एक्लोपनमा रहेका शिक्षकमार्फत समाजको गम्भीर विषयलाई सरल रूपमा प्रस्तुत गरिएको छ चलचित्रमा । षट्कोण आर्ट्स प्रालिको व्यानारमा निर्मित चलचित्रमा कार्यकारी निर्माता रवीन्द्र सिंह बानियाँ हुनुहुन्छ भने निर्माता दिपेश खत्री रहनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच