कोरोना बीमाको दाबी भुक्तानी आजदेखि

हिमालय टाइम्स
Read Time = 2 mins
A A- A+

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूले आजदेखि कोरोना बीमाको दाबी रकम भुक्तानी गर्ने भएका छन् । कम्पनीले कोरोना बिमा भुक्तानी २५ हजारमध्ये १८ हजार ६० वटा पोलिसीको भुक्तानी आजबाट सुरु गर्ने तयारी गरेका हुन् ।

नियामक निकाय नेपाल बीमा प्राधिकरणले यसअघि दिएको निर्देशन अनुसार बीमा कम्पनीहरूले आजदेखि भुक्तानी दिने तयारी गरेका छन् ।

बीमा कम्पनीहरूको छाता संगठन बिमक संघले पनि कोरोना बीमाको भुक्तानी सुरु गर्न कम्पनीहरूलाई आग्रह गरेको छ । कम्पनीहरूले व्यक्ति र परिवारको नाममा रहेको पोलिसीलाई प्राथमिकता राखेर भुक्तानी गर्ने नेपाल बिमक संघले जनाएको छ ।

संघका अनुसार व्यक्ति र परिवारको २५ हजार चारवटा पोलिसीको दाबी भुक्तानी गर्न बाँकी छ । तर, अहिले सरकारले निकासा गरेको र बीमा प्राधिकरणसहित कम्पनीहरूले भुक्तानी गर्नुपर्ने रकम जोड्दा एक अर्ब एक करोड रुपैयाँ मात्रै भुक्तानी गर्न सकिन्छ ।

यो रकमबाट १८ हजार ६० वटा बीमा पोलिसीको मात्रै दाबी गर्न सकिने संघले जनाएको छ ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?