उपचारमा आर्थिक अभावले छटपटाउँदै उम्मपुरी बोहरा

दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 2 mins

हुम्ला । हुम्लाको सिमकोट गाउँपालिका-२ निवासी उम्मपुरी बोहरालाई उपचारमा आर्थिक अभाव भएको छ । मस्तिष्कघात (प्यारालाइसिस) का कारण गम्भीर बिरामी पर्नुभएकी बोहराको उपचारमा आर्थिक अभाव भएको हो । उहाँको काठमाडौं बाँसघारीस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ । मस्तिष्कघातका कारण मृत्युसँग लड्दै उहाँको शरीरको दाहिने भाग चल्न छाडेको श्रीमान् चक्र बोहराले बताउनुभयो ।

मंसिर ५ गते गाउँ नजिकैको खेतमा गाईवस्तु चराउन गएको समयमा एक्कासि बेहोस भएको परिवारजनले बताएका छन् । त्यसपछि उहाँको बोलीसहित शरीरको दाहिने भाग चल्न छाडेको उहाँका छोरा सञ्जित बोहराले बताउनुभयो । आफन्तले सामान्य आर्थिक जोहो गरेर बिरामीलाई काठमाडौं पु¥याए पनि अहिले उपचारमा आर्थिक समस्या निम्तिएको छोराले बताउनुभयो ।

बिरामीका छोरा सञ्जितले भन्नुभयो, ‘उपचारमा दैनिक १५ देखि २० हजारका दरले खर्च भइरहेको छ भने उपचारमा कति दिन लाग्छ, ठेगान छैन । उपचार खर्च अभाव छ ।’ उपचारमा संलग्न चिकित्सकले बोहराको मस्तिष्कको दाहिने भागमा रगत जमेको बताएका छन् । बिरामी उम्मपुरीलाई उपचारमा सहयोग गर्न आफन्तले हुम्लीलाई आग्रह गरेका छन् ।

उहाँको उपचारका लागि सहयोग गर्न परिवारजनले आग्रह गरेका छन् । सहयोग गर्न चाहनेले विकास बोहराको नाममा रहेको सिटिजन्स बैंकको खाता नम्बर ०१७०१०००००२१३००९ मा पैसा जम्मा गर्न सकिने परिवारले जनाएको छ । सम्पर्क नम्बर छोरा सञ्जित बोहरा ९८६३१४३४२७, विकास बोहरा ९८४००५८८१७ रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?