तीन दिन हिरासतमा राखेर सचिव पाण्डेमाथि अनुसन्धान गर्न अनुमति

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । जिल्ला अदालत, काठमाडौंले नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै लाखौं असूली गरेको गिरोहलाई सहयोग गरेको अभियोगमा पक्राउ पूर्जी जारी भएपछि पाण्डेलाई पेप्सिकोलाबाट पक्राउ गरेको थियो ।

उपराष्ट्रपति कार्यालयमा कार्यरत उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले आज उनीमाथि अनुसन्धान गर्न प्रहरीले काठमाडौं जिल्ला अदालतबाट तीन दिनको समय पाएको हो ।

पाण्डे तत्कालीन गृहसचिव हुँदा यो प्रकरणमा सामेल भएको आरोप छ । यसअघि पक्राउ परेका अन्य व्यक्तिले पाण्डेका पनि संलग्नता रहेको बयान दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।

यसैगरी, आजै नेकपा एमालेका सचिव तथा तत्कालीन उर्जामन्त्री टोपबहादुर रायमाझीलगायतलाई बिरुद्ध पनि पक्राउ पुर्जी जारी गरिसकेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?