स्याङ्जा- २ : पद्मा अर्याललाई पछि पार्दै धनराज गुरूङले लिए अग्रता

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । स्याङ्जा क्षेत्र नम्बर २ नेपाली कांग्रेसका उम्मेदवार धनराज गरूङले अग्रता लिनुभएको छ । उहाँले नेकपा एमालेकी उम्मेदवार पद्माकुमारी अर्याललाई ६ सय २७ मतको अन्तरले पछाडि पार्नुभएको हो ।

मतगणनाको पछिल्लो परिणााम अनुसार कांग्रेसका गुरूङ तीन हजार ९०२ मतका साथ अग्रस्थानमा हुनुहुन्छ। उहाँको निकटतम् प्रतिस्पर्धी एमालेकी अर्याल तीन हजार २४७ मतका साथ दोस्रो स्थानमा हुनुहुन्छ ।

विवादका कारण रोकिएको स्याङ्जा क्षेत्र नम्बर २ को मतगणना बुधबार रातिदेखि शुरु भएको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?