भोट नहालेको भन्दै कुटपिट

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 3 mins

महोत्तरी । निर्वाचनमा भोट नदिएको निहुँमा एमालेका कार्यकर्ताहरुबाट महोत्तरीको निगौलका जनता कुटिएका छन् । कुटपिटबाट ७ जना घाईते भएका छन् । महोत्तरी क्षेत्र नं. १ का निर्वाचित सांसद लक्ष्मी महतो समूहले निगौलका बस्तीमा पुगेर निर्घाट कुटपिट गरेको स्थानीयले आरोप लगाएका छन् ।

मधेश आन्दोलनका क्रममा नेपाल प्रहरीका असई थमन विकको हत्याको आरोपित महतो फरार अभियुक्तको सूचीमा छन् । निर्वाचनअघि पनि आफूलाई मतदान नगरे कुटपिट गर्ने धम्की दिएका महतोले मंगलबार राती वस्तीमा केही समूह पठाएर कुटपिट गराएको स्थानीयकाे आराेप छ ।

‘हामीलाई मार्ने उद्देश्यले नै लक्ष्मी महतोका भान्जा सुरेन्द्र महतो, वडा अध्यक्ष श्याम मण्डलसहितको टोली पठाएर घरभित्र पसेर गठबन्धनमा भोट किन हालेको भन्दै खोजी खोजी कुटाइयो,’ कुटाइबाट बगेको रगत लागेको कपडा लगाएका र टाउकोमा पट्टी बाँधेका रामछविला साहले भन्नुभयाे, ‘उपचारका गराउन अस्पताल पुगेका थियौं, त्यहि आएर पुनः कुटपिट गर्न थाले, कोही छुरा हान्देउ भन्दै थिए त कोही गोली ठोक्देउ भन्दै थिए, भाग्ने पनि मौका मिलेन चारैतिरबाट घेरेर कुटे ।’

कुटपिट गर्नेहरुको पहिचान खुलाएर प्रहरीमा पीडितले दिएको निवेदन उपर छानविन भइरहेको गौशालाका सहायक प्रहरी निरीक्षक भुवनसिं कार्कीले बताउनुभयाे ।

 त्रासमा स्थानीय

घटनापछि स्थानीय रातभर जाग्राम बस्ने गरेको बताएका छन् । को, कतिबेला आएर के गर्ने हो भन्ने चिन्ताले पालैपालो रातभर जागा बस्ने गरेको स्थानीय नरेश मण्डलले बताउनुभयाे । ‘प्रहरीबाट पनि सहयोग पाएका छैनौं, लक्ष्मी महतो समूहले यस्तो गर्दा पनि प्रहरी मुकदर्शक बन्यो,’ मण्डलले भन्नुभयाे, ‘आपराधिक गतिविधि गर्नेहरुलाई संरक्षण गर्नेहरुसँग विश्वासै लागेको छैन ।’

मधेश प्रदेश गृहमन्त्री पनि घटनास्थलमा

मधेश प्रदेशका गृह तथा सञ्चार मन्त्री भरतप्रसाद साह पनि गौशालाको निगौलमा पुगेर घाइतेको अवस्थाबारे जानकारी लिनु भएकाे छ । स्थानीयसामु गृहमन्त्री साहले निगौलवासीको सुरक्षाका लागि प्रशासनलाई निर्देशन दिइसकेको जानकारी दिनुभयाे ।

उहाँले भन्नुभयाे, ‘यदि स्थानीय प्रशासनबाट पनि त्रुटी भएको रहेछ भने अपराधीलाई सहयोग गर्ने प्रहरीलाई पनि कारवाहीको प्रक्रिया अगाडि बढाइनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?