सेयर बजार ११.२२ अंकले बढ्यो

Read Time = 2 mins

काठमाडौं । बिहीबार सेयर बजारमा ११.२२ अंकले बढेर १९६१.०६ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.८२ अंकले बढेर ३८३.६६ अंकमा पुगेको छ । कारोबार भएका १३ समूहमध्ये तीन समूहको सेयरमूल्य घटेको छ भने १० समूहकोे बढेको छ ।

नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा कारोबार भएका दुई सय ४१ कम्पनीका ३८ लाख ६५ हजार नौ सय ६१ कित्ता सेयर एक अर्ब ३२ करोड २९ लाख ७२ हजार एक सय ८५ रुपैयाँमा कारोबार भएको छ । कारोबारका आधारमा शीर्षस्थानमा रहेको नबिल बैंकको १४ करोड ४५ लाख ५६ हजार सात सय ९२ रुपैयाँ बराबरको कारोबार भएको छ भने एनसिसी बैंकको संस्थापक सेयर आठ करोड १३ लाख ५९ हजार एक सय १५, हिमाल दोलखा हाइड्रोपावर सात करोड ७१ लाख ९४ हजार दुई सय ३५, हिमालयन डिष्टिलरी सात करोड दुई लाख १५ हजार आठ सय ५०, नेष्डो समृद्धि लघुवित्त वित्तीय संस्था चार करोड ४९ लाख ६० हजार तीन सय २७ रुपैयाँ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

धौलागिरि लघुवित्तको सेयरमूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ भने श्वेतगंगा हाइड्रोपावर ९.२१, स्वाभिमान लघुवित्त ४.९५ र मनकामना स्मार्ट लघुवित्तको ४.३९ प्रतिशतले घटेको छ । सिटिजन म्युचुअल फण्ड-१ को ३.६४ प्रतिशत, घलेम्दी हाइड्रोपावर २.६३, रुरु जलविद्युत् परियोजना २.५३, सयपत्री हाइड्रोपावर २.४७ र इन्फिनिटी लघुवित्तको सेयरमूल्य पनि पनि २.४० प्रतिशतले घटेको नेप्सेले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?