बैतडी युवती हत्या प्रकरण : मायाको मोबाइल भेटियो, आरोपित अझै फरार

डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 2 mins

बैतडी । बैतडीको पञ्चेश्वर गाउँपालिका ४ की २१ बर्षिय माया लुहारको हत्याका आरोपित अझै पक्राउ पर्न सकेका छैनन् । लुहारको हत्यामा संलग्न रहेको आरोप लागेका भरतराम कोली अझै पक्राउन परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो ।

परिवारले भरतका नाममा बिहीबार नै किटानी जाहेरी दिएका छन् । आरोपित फरार रहेकाले उनको खोजीकार्य जारीरहेको प्रहरी निरीक्षक जोशीले बताउनुभयो । बुधबारदेखी नै घटनाको अनुसन्धान सुरु गरेको प्रहरीले मृतकको मोवाईल भने फेला पारेको छ । घटना भएको ठाउँभन्दा एक घण्टाको पैदल दुरी पञ्चेश्वर ४ मा मृतकको मोबाइल फेला परेको प्रहरी प्रवक्ता जोशीले जानकारी दिनुभयो । मृतकको मोवाईल परेकाले अनुसन्धानमा यसले केही सहज हुने उहाँले बताउनुभयो ।

शिवनाथ गाउँपालिका ४ घर भएका कोली सशस्त्र प्रहरीका जवान समेत रहेका बुझिएको छ । मायासंग पहिलादेखि फोनमा कुराकानी गर्ने गरेका कोलीले नै मायाको हत्या गरेको पारिवारजनले दाबी गरेका छन् । केही दिन पहिला कोलीले मायाको फोन खोसेको र त्यसपछि बोलाएर हत्या गरेको परिवारले आरोप लगाएको छ ।

गएको मंगलबार घरबाट लुगाउन सिलाउन जान्छु भनि पञ्चेश्वर गाउँपालिका ३ कुलाउतिर आफ्नी भदै सहित हिँडेकी माया बुधबार शिवनाथ मन्दिर नजिकै मृत फेला परेकी थिइन् । उनको घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेको थियो । उनकी भदै १५ बर्षीया नेहा लुहार घाँटी रेटेर घाइते अवस्थामा फेला परेकी थिइन् । नेहाको अहिले डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?