उरुग्वे र घाना विश्वकपबाट बाहिरियो

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । कतारमा जारी २२ औं संस्करणको विश्वकप फुटबलबाट उरुग्वे बाहिरिएको छ ।

समूहको निर्णायक खेलमा घानालाई पराजित गरे पनि उरुग्वे बाहिरिएको हो । उरुग्वे २–० गोलले जित हात पारे पनि अर्को खेलको नतिजाका कारण समूह चरणबाटै बाहिरिन पुग्यो ।

अंक बराबर भएपनि दक्षिण कोरियासँग गरेको गोल कम हुँदा उरुग्वे २० वर्षपछि समूह चरणबाटै बाहिरिएको हो ।

उरुग्वेको जितमा दुबै गोल जर्जियन डी अरेस्काटाले गरे । खेलको २१ औं मिनेटमा घानाका आन्द्रे एयु पेनाल्टीमा चुके । उनको प्रहार उरुग्वेका गोलकिपर सर्जियो अल्भारेजले बचाए ।

तर, खेलको २६ औं मिनेटमा अरेस्काटाले गोल गर्दै उरुग्वेलाई सुरुआती अग्रता दिलाए । त्यसपछि खेलको ३२ औं मिनेटमा अरेस्काटाले व्यक्तिगत दोस्रो गोल गर्दै उरुग्वेलाई २-० को जित दिलाए ।

घानालाई पराजित गरेपनि उरुग्वे नकआउट चरणमा पुग्न असफल भएको छ । समूह ‘एच’ मा उरुग्वेले ३ खेलमा ४ अंक जोड्यो । उरुग्वे तेस्रो स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

दक्षिण कोरियासँग गोल अन्तरमा पछि पर्दा उरुग्वे समान अंक जोडेपनि बाहिरिएको हो । घाना पनि प्रतियोगिताबाट बाहिरिएको छ । घानाले ३ खेलमा ३ अंक जोड्यो ।

यसैबीच, घानाको राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक ओट्टो अड्डोले राजीनामा दिएका छन् । कतार विश्वकपको समूह चरणबाट बाहिरिएपछि मुख्य प्रशिक्षक ओट्टोले राजीनामा दिएका हुन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?