अछाममा बँदेलको आक्रमणबाट एक जनाको मृत्यु

प्रतिकात्मक तस्बिर

Read Time = 1 min
A A- A+

अछाम । अछाममा बँदेलको आक्रमणमा परी एक जनाको ज्यान गएको छ । मेल्लेख गाउँपालिका-६ शोषशाका ४० वर्षीय केशर बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनलाई शनिबार बिहान घर नजिकै बँदेलले आक्रमण गरेको थियो । मेल्लेख गाउँपालिकाका उपाध्यक्ष नृप खड्काका अनुसार बँदेलकको आक्रमणबाट घाइते बोहराको उपचारको क्रममा बयालपाटा अस्पतालमा ज्यान गएको हो ।

मृतक बोहरा मेल्लेख गाउँपालिकाको कार्यलयमा सहयोगी पदमा कार्यरत थिए ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?