चुनावमा अन्तर्घात गर्नेको ‘हिसाब राख्दै’ कांग्रेस

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले ४ मंसिरको चुनावमा अन्तर्घात गर्नेको विवारण पठाउन निर्देशन गरेको छ । समितिले कारबाही गरेर १५ पुसभित्र विवरण पठाउन प्रदेश र जिल्लाको अनुशासन समितिलाई निर्देशन दिएको हो । आइतबार एक विज्ञप्ति जारी गर्दै कांग्रेस केन्द्रीय अनुशासन समितिका सचिव प्रेम केसीले चुनावमा पार्टी र सत्ता गठबन्धनका उम्मेदवारलाई असहयोग गरेको भनी जिल्ला एवं प्रदेश अनुशासन समितिमा परेका उजुरीमाथि चाँडै निर्णय गरेर केन्द्रमा पठाउन भनेको हो ।

यदि जिल्ला र प्रदेश अनुशासन समिति गठन नभएको अवस्थामा तत्काल अनुशासन समिति गठन गरी कारबाहीको निर्णयसहित १५ पुसभित्र केन्द्रीय अनुशासन समितिमा पठाउन आग्रह गरिएको छ । ‘मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका सन्दर्भमा पार्टीका उम्मेदवार र गठबन्धन दलका उम्मेदवारलाई अन्तर्घात गरी असहयोग गरेको रहेछ भने जिल्ला एवं प्रदेश अनुशासन समितिमा परेका उजुरीलाई विधिवत निर्णय गरी केन्द्रीय अनुशासन समितिमा पठाउने र यदि जिल्ला एवं प्रदेश अनुशासन समिति गठन नभएको अवस्थामा तत्काल अनुशासन समिति गठन गरी निर्णयसहित २०७९ पौष १५ गतेभित्र पठाउनु पर्नेछ’, अनुशासन समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?