‘मिस्टर नेपाल २०२३’ को उपाधि समर्पणलाई

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । ‘मिस्टर नेपाल २०२३’ को विराटनगरका ३२ वर्षीय समर्पण कार्कीले चुम्नु भएको छ । आफ्ना १८ प्रतियोगीलाई पछि पार्दै पेशाले पाइलट कार्कीले उक्त उपाधि चुम्न सफल हुनुभएको हो । कार्कीले ‘मिस्टर इन्टेलेक्चुअल’को उपाधिसमेत आफ्नो पोल्टामा पार्न सफल हुनुभयो ।

उहाँले नगद पाँच लाख रुपैयाँबराबरको उपहार प्राप्त गर्नुभएको छ । यस्तै, ‘मिस्टर वल्र्ड २०२३’ वा ‘मिस्टर ग्लोबल २०२३’ मा उहाँले नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नुभएको छ ।

काठमाडौंमा नेक्स्ट मोडल्स नेपालद्वारा आयोजित प्रतियोगितामा काठमाडौंका निमेश कपाली फष्ट रनरअप, काभ्रेका क्रिशल श्रेष्ठ सेकेण्ण्ड रनरअप, चितवनका डा.विजय दुवाडी थर्ड रहनरअप र भक्तपुरका असिम लामिछाने फोर्थ रनरअप घोषित हुनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?