झापामा ट्रक र मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु

Read Time = 1 min

काठमाडौं । झापामा ट्रक र मोटरसाइकल ठोक्किँदा २२ वर्षीय युवकको मृत्यु भएको छ । कन्काई नगरपालिका-८ मा मा बुधबार बिहान भएको दुर्घटनामा मोटरसाइकल चालक बिर्तामोड नगरपालिका १ का २२ वर्षीय ओमप्रकाश राउतको मृत्यु भएको हो ।

मृतक राउतको  बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय घैलाडुब्बाले जनाएको छ ।

दुवै सवारीसहित ट्रक चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?