मर्चेन्ट बैंकर्स संघमा नयाँ नेतृत्व

Read Time = 1 min

काठमाडौं । नेपाल मर्चेन्ट बैंकर्स संघको बिहीबार काठमाडौंमा सम्पन्न १३ औँ वार्षिक साधारणसभाले विजयलाल श्रेष्ठको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । उपाध्यक्षमा ग्लोबल आइएमई क्यापिटलका पारसमणि ढकाल, महासचिवमा एनआइसी एसिया क्यापिटलका रमेन्द्र रायमाझी र कोषाध्यक्षमा नबिल इन्भेष्टमेण्ट बैंकिङका मनिषनारायण जोशी रहनुभएको छ ।

त्यस्तै, साधारणसभाले नागरिक लगानी कोषका नारायणप्रसाद घिमिरे, प्रभु क्यापिटलका दिनेश थकाली र नेपाल लाइफ क्यापिटलका नवीन बास्कोटा सदस्यका साथै निवर्तमान अध्यक्ष मेखबहादुर थापालाई मानार्थ सदस्यमा चयन गरेको संघले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?