प्रभु र सेञ्चुरी मर्जरका लागि अन्तिम सम्झौता

Read Time = 2 mins

काठमाडौं । प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकबीच प्राप्तिका लागि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा प्रभु बैंकका संयुक्त प्राप्ति(एक्विजिसन) समिति संयोजक रमेश सिंह खड्का र सेञ्चुरी कमर्सियल बैंकका संयुक्त एक्विजिसन समिति सदस्य मनबहादुर राईले हस्ताक्षर गर्नुभएको हो ।

अन्तिम सम्झौताअनुसार प्रभु बैंकले सेञ्चुरी बैंकलाई १ः१ को स्वाप रेसियोमा गाभ्नेछ । सेञ्चुरी गाभेपछि बन्ने बैंकको नाम प्रभु बैंक नै रहनेछ । सञ्चालक समितिमा प्रभु बैंकबाट चार र सेञ्चुरीबाट तीनजना रहनेछन् भने प्रमुख कार्यकारी अधिकृतमा हालकै प्रभु सिइओले निरन्तरता पाउनेछन् ।

सेञ्चुरीका हालका सिइओ बैंकमा सिनियर डेपुटी सिइओ रहनेछन् भने कर्मचारी समायोजन गर्दा हाल खाइपाई आएको सेवासुविधा नघट्ने गरी समान हैसियतमा समायोजन गर्ने सहमति भएको छ ।

दुवै बैंकले पुस १४ गतेका लागि साधारणसभा आहृवान गरेका छन् । प्रभु बैंकले सेञ्चुरी कमर्सियल बैंकलाई प्राप्ति गर्ने सम्बन्धमा नेपाल राष्ट्र बैंकबाट भदौ २० गते सैद्धान्तिक सहमति प्राप्त भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?