जाडो मौसममा गुणकारी ज्वानो

काठमाडौं । हाम्रो भान्सामा भएका अधिकांश मसलाहरूको सही तरिकाले प्रयोग गर्ने हो भने औषधिका रूपमा रहेका हुन्छन् । त्यस्तै हाम्रो भान्सामा हुने मसलामध्येको एक ज्वानोलाई पनि सही प्रयोग गरियो भने औषधि हो । तरकारी पकाउँदा तेल तातेपछि ज्वानो फुराउने चलन धेरै गृहिणीको छ । अझ सुत्केरीलाई त ज्वानाको झोल उत्तम मानिन्छ । सुत्केरी भएको बेला पोषिलो खानेकुराका रूपमा ज्वानाको उपभोग गर्ने गरिए पनि अरूबेला ज्वानोको प्रयोग स्वादको हिसाबले मात्र गरिन्छ । तर, ज्वानो स्वादमात्रै नभएर निकै तागतिलो र पौष्टिक पदार्थ पाइने विशेषज्ञहरू बताउँछन् ।

जाडो मौसममा हुने रुघा-खोकीका लागि पनि ज्वानो एकदमै उपयोगी हुन्छ । यसलाई पानीमा पकाएर पानी खाँदा निकै लाभदायक हुन्छ । यसको पानी पिउनाले सर्दी र फ्लुलाई टाढा राख्दछ । ज्वानोमा एन्टी भाइरल गुण हुन्छ जसले जाडोमा हुने भाइरल र फ्लु हुने खतरालाई कम गर्न सहयोगी भूमिका खेल्दछ ।

सर्दी अथवा रुघा-खोकीमा ज्वानोलाई अमृततुल्य मानिन्छ । दुई ग्राम जति ज्वानोलाई मनतातो पानीसँगै चपाएर खाँदा खोकीमा फाइदा गर्छ । यस्तै दमरोग लागेकोमा ज्वानोको धुवाँ लिँदा सास फेर्न सहज बनाउँछ । ज्वानो र सख्खर मिलाएर दैनिक खाने हो भने दमरोगलाई निकै फाइदा पुर्‍याउँछ ।

जाडो मौसममा हुने रुघा-खोकीका लागि ज्वानो एकदमै उपयोगी हुन्छ । यसलाई पानीमा पकाएर यसको पानी खाँदा निकै लाभदायक हुन्छ । यसको पानी पिउनाले सर्दी र फ्लुलाई टाढा राख्दछ । ज्वानोमा एन्टी भाइरल गुण हुन्छ जसले जाडोमा हुने भाइरल र फ्लु हुने खतरालाई कम गर्न सहयोगी भूमिका खेल्दछ ।

विज्ञहरूका अनुसार ज्वानोको सबैभन्दा ठूलो विशेषता यसमा रहेको क्याल्सियम हो । एक चिया चम्चा ज्वानोमा ७६ मिलिग्राम क्याल्सियम पाइन्छ । कुपोषण भएका र लामो बिरामीपछि उठेका बालबालिका, वृद्धा, गर्भवती महिला सबैलाई ज्वानोको प्रयोगले फाइदा पु¥याउँछ । किनकि घरमा पाइने ज्वानो सबैभन्दा बढी क्याल्सियम भएको वस्तु हो । सुत्केरी अवस्थामा ज्वानोको विशेष प्रयोग गर्नुको कारण ज्वानोले शरीरलाई चाहिने आवश्यक क्याल्सियमको परिपूर्ति गर्छ, साथै आमाको दूध पनि बढाउँछ । आमाको दूधबाट बच्चालाई पनि क्याल्सियम प्राप्त हुन्छ ।

झट्ट जिब्रोले स्वाद लिँदा नमिठो लाग्ने भए पनि ज्वानोमा अत्यधिकमात्रामा पोषण ततवहरू पाइन्छ । यसमा अत्यधिक प्रोटिन पाइने भएकाले शाकाहारी भोजन गर्नेहरूका लागि राम्रो मानिन्छ । ज्वानोमा अन्य पोषक तत्वहरूमा आयोडिन, चिल्लो पदार्थ, कार्बोहाइड्रेट र अन्य भिटामिन तथा खनिज पदार्थहरू पाइन्छ ।

क्वाँटी वा गेडागुडी पकाएपछि ज्वानोले झान्ने चलनको पनि वैज्ञानिक कारण रहेको यसका जानकारहरू बताउँछन् । क्वाँटी वा गेडागुडी खानाले कसै-कसैलाई पेटमा ग्याँस-वायु हुने गर्छ र पेट डम्म फुलेजस्तो हुने अनि कर्‍याङकुर्लुङ गरेर कराउने हुन्छ । ज्वानोले वायु हुनबाट रोक्छ । घाँटी दुखेको बेलामा पानीमा ज्वानो राखेर उमाली त्यसमा अलिकता नुन मिसाई कुल्ला गर्नाले फाइदा गर्छ । ज्वानो, नुन र ल्वाङलाई मुखमा हालेर विस्तारै रस चुस्नाले खोकी लागेको पनि कम हुन्छ । त्यसरी नै नाक टम्म बन्द भएको बेला दिनमा दुई-तीन चोटि ज्वानो पानीको बाफ लिनाले नाक खुल्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?