वातावरणीय अनुकूलताका कारण जुम्लामा ओखरखेतीमा किसानको आकर्षण

विजय रावत जुम्ला, संवाददाता
Read Time = 3 mins

जुम्ला । जुम्लाका किसान पछिल्लो समयमा दाँते ओखर खेतीप्रति आकर्षित हुन थालेका छन् । ओखरलाई भण्डारण गर्न समस्या नभएको र हावापानी निकै अनुकूल हुँदा यहाँका किसान ओखर खेतीबाट आम्दानीको स्रोत बनेको चन्दननाथ नगरपालिका – ४ का स्थानीयवासि रत्न मल्लले जानकारी दिनुभयो ।

ओखर खेतीबाट मनग्ये आम्दानी हुने गरेको छ । व्यावसायिक रुपमा ओखर खेतीमा लागेको र आय आर्जनमा समेत वृद्धि गरेको सोही चन्दननाथ नगरपालिका–१० का किसान बिर्खबहादुर मल्लले बताउनुभयो ।
ओखर बेचेर यो वर्ष ८० हजार आम्दानीको स्रोत जुटेको छ । ओखरको बगैँचामा रहेका ७ वटा बोटमा फलेको ओखरले ८० हजार रुपैयाँ कमाउँदा ओखरखेती प्रति निकै आकर्षण बढेको चन्दननाथ नगरपालिका–१० का किसान मल्लले जानकारी दिनुभयो । प्राँय दिउँसो जुम्ला सदरमुकाम खलंगा बजारमा ओखर बिक्री गर्छु ।

आगामी वर्ष ओखर बेचेर २ लाखसम्म कमाउन सक्नेगरी बगैँचा व्यवस्थापनमा जुटेको किसान मल्ले भन्नुभयो,“ सुरुको चरणमा हुुर्काउन दुःख हुने गरेको छ । पछि हुर्केपछि ओखरमा खासै दुःख नहुने किसान मल्लले जानकारी दिनुभयो । ”

कम मेहनतमै बढी आयआर्जन हुने खेती ओखर भएको यहाँका किसान बताउँछन् । दाँते ओखर खरिद गर्न व्यापारी गाउँमै आउने गरेको तिला गाउँपालिका – १ का स्थानीयवासि जयबहादुर बुढाले जानकारी दिनुभयो । एकै बोटमा पाँच हजार रूपैयाँसम्मको ओखर फल्ने गरेको यहाँका किसान बताउँछन् । गुठिचौर गाउँपालिकाका किसान दत्त पाण्डेले ओखर सदरमुकाम खलंगामा ल्याएर पाँच हजार रुपैयाँका ओखर बिक्री गरेको छु । बजारमा अहिले ओखरको मूल्य प्रतिदाना १० रूपैयाँका दरले बिक्री हुने गरेको छ । जिल्लामा आउने आन्तरिक तथा बाह्य पर्यटकको एकमात्र रोजाइ दाँते ओखर हुनेगरेको रारालिही अर्गानिक पसलका संचालक मेनका बुढाले जानकारी दिनुभयो ।

जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेशबहादुर अधिकारीका अनुसार ओखरखेती गर्नेको संख्या जिल्लामा अत्यधिक बढेक छ । जिल्लामा ५ सय ९० हेक्टरमा ओखरखेती हुने गरेको कृषि विकास कार्यालय जुम्लाका प्रमुख अधिकारीले जानकारी दिनुभयो । जिल्लाका आठवटै स्थानीय तहमा ओखर खेती हुँदै आएको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?