माधव र आशाको स्वरमा ‘जमुना’

Read Time = 1 min

काठमाडौं । गायक माधव भण्डारी र आशा उपरकोटीको स्वरमा रहेको गीत ‘जमुना’ सार्वजनिक भएको छ । माधवकै शब्द, संगीत एवं एरेञ्ज, डिका गुरुङको मिक्सिङ/माष्टरिङ र दीपक बिसीको रेकर्डिङ रहेको नेपाली मौलिक गीतको भिडियो सार्वजनिक भएको हो ।

होम धितालको निर्देशन र शिव विकको कोरियोग्राफी रहेको गीतको भिडियोमा नायिका रेजिना उप्रेती र सुन्दर खवासको अभिनय देख्न सकिन्छ । मरुभूमि नारायणको छायांकन/ड्रोन रहेको भिडियोमा रोशन धितालको सम्पादन छ ।

गीतको भिडियो माधव भण्डारी अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । ‘हामीले मौलिकताको प्रथामिकतामा पुरानो शैलीको गीत ‘जमुना’ यहाँहरू समक्ष ल्याएका छौ, सुनेर र हेरेर प्रतिक्रिया दिनुहोला’, गायक भण्डारीले भन्नुभयो । गायक भण्डारीको धेरै गीत श्रोता÷दर्शकमाझ लोकप्रिय छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?