यस्तो छ आजको तरकारी तथा फलफूलको मुल्य

Read Time = 2 mins

काठमाडौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबार कालो अंगुरको औसत मूल्य प्रतिकेजी २९० रुपैयाँ, हरियो अंगुर १९० रुपैयाँ रहेको जनाएको छ ।

अदुवा र नेपाली ठूलो गोलभेंडा ५५ रुपैयाँ, अनार २९० रुपैयाँ, अमला ५६ रुपैयाँ ६७ पैसा, अम्बा १३५ रुपैयाँ, आभोकाडो २७५ रुपैयाँ, रातो आलु ४६ रुपैयाँ ४० पैसा, उखु प्रतिवटा ८५ रुपैयाँ, स्थानीय काउली ३० रुपैयाँ, कागती १०५ रुपैयाँ, किवी १८३ रुपैयाँ ३३ पैसा, अकबरे खुर्सानी २८३ रुपैयाँ ३३ पैसामा किनबेच भइरहेको समितिले जनाएको छ ।

त्यस्तै, लोकल गाजरको औसत मूल्य प्रतिकेजी ६६ रुपैयाँ, गुन्दुक ३२५ रुपैयाँ, टनेल गोलभेडा ३३ रुपैयाँ, राजमा घिउ सिमी ११५ रुपैयाँ, घिरौला ८६ रुपैयाँ ६७ पैसा, चम्सुरको साग १०६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १४० रुपैयाँ, डल्ले च्याउ ३२५ रुपैयाँ, तितो करेला ६६ रुपैयाँ ६७ पैसा, तोरीको साग ४६ रुपैया ६७ पैसा,  लोकल परवर ५६ रुपैयाँ ६७ पैसा, भारतीय सुकेको प्याज ५१ रुपैयाँ र हरियो धनिया ११३ रुपैयाँ ३३ पैसा कायम रहेको  समितिले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?