पञ्जावका पूर्वमुख्यमन्त्री बादलको निधन

Read Time = 2 mins

एजेन्सी । भारतको पञ्जाव राज्यका पूर्वमुख्यमन्त्री प्रकाशसिंह बादलको निधन भएको छ । बादलको ९५ वर्षको उमेरमा निधन भएको हो । दमको समस्याका कारण बादललाई श्वासप्रश्वासमा अप्ठ्यारो हुनेगरेको थियो । गत १६ तारिखदेखि उहाँलाई अस्पताल भर्ना गरिएको थियो ।

बादलको निधनप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । उहाँले लेख्नुभएको छ, ‘प्रकाशसिंह बादलको निधन मेरा लागि निजी क्षति हो । मेरो उहाँसँग कैयौ दशकदेखि निकट सम्पर्क थियो र उहाँबाट धेरै सिक्न पाइएको थियो । मलाई उहाँसँग भएका कैयौ कुराकानी याद छन्, जसमा उहाँको सुझबुझ प्रष्ट देखिन्थ्यो । उहाँको परिवार र प्रशंसकप्रति हाम्रो समवेदना छ ।’

सन् १९४७ बाटै गाउँ पञ्चायत प्रमुख (सरपञ्च)बाट आफ्नो राजनीतिक यात्रा सुरु गर्नुभएका बादल पहिलोपटक सन् १९५७ को विधानसभा चुनाव जित्नुभएको थियो । उहाँ सन् १९७० मा ४३ वर्षको उमेरमा नै मुख्यमन्त्री बन्नुभएका बादल पटक–पटक गरी पाँच पटक पञ्जावको मुख्यमन्त्री बन्नुभएको थियो ।

उहाँकी पत्नी सुरिन्दर कौरको निधन भइसकेको छ भने छोरा सुखबीरसिंह बादल र बुहारी हरसिमरत कौर बादल दुवैजना राजनीतिमै हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?