हिमाञ्चलको मुख्यमन्त्रीमा सुखविन्दर सिंह सुखु

Read Time = 1 min

शिमला । हिमाञ्चलको मुख्यमन्त्रीमा सुखविन्दर सिंह सुखुले शपथ ग्रहण गर्नुभएको छ । सुखुले आइतबार शिमलामा आयोजित एक समारोहमा १५औं मुख्यमन्त्रीको रूपमा सपथ लिनुभएको हो । ५८ वर्षीय सुखु चारपटक विधायक निर्वाचित हुनुभएका हिमाञ्चलका कांग्र्रेसका पूर्वप्रमुख हुनुहुन्छ ।

उहाँ सन् २०१३ देखि २०१९ सम्म कांग्रेस पार्टीको प्रदेश एकाइ अध्यक्ष हुनुभएको थियो । मध्यमवर्गीय परिवारका उहाँ हिमाञ्चलबाट तल्लो तहको राजनीति हुँदै शीर्ष पदमा पुग्ने पहिलो कांग्रेस नेता हुनुभएको छ । विधानसभा चुनावमा हिमाञ्चलबाट कांग्रेसले ४० सिट जितेको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?