उपभोक्ताको अधिकारलाई सरकारले ध्यान दिन जरुरी छ : अध्यक्ष मगर

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले व्यवसायीहरुलाई मानव अधिकार हनन् हुन नदिन सचेत रहन आग्रह गर्नु भएको छ ।

व्यवसायिक घरानाहरुबाट पनि मानव अधिकार हनन्का घटना हुने गरेकाले त्यसो हुन नदिने गरी काम गर्न उनीहरु आफैं सचेत हुनुपर्ने उहाँको भनाई थियो । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष मगरले मानव अधिकार हनन् हुन नदिने काममा खवरदारी गर्न सम्बन्धित पक्ष बढि सक्रिय हुनुपर्ने समेत स्पष्ट पार्नु भयो ।

उहाँले हरेक क्षेत्रको कानुन बनाएर मानव अधिकार हनन् हुन नदिन सरकार प्रतिवद्ध भएर लाग्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘कुनै पनि किसिमले मानव अधिकार हनन् नहोस् भनेर व्यवसायीहरुले पनि जिम्मेवार हुनु प¥यो । उनीहरुले पनि मानव अधिकारको सम्मान गर्नु प¥यो । कानुन बमोजिम गर्नु प¥यो । कानुनभन्दा बाहिर जानु भएन । सरकारले पनि व्यक्तिको मानव अधिकार हनन् भएको छ भने त्यसतर्फ विजनेश हाउसहरु पनि सतर्क हुनु प¥यो । हामी सिविल सोसाईटी भईहाल्यौ । मानव अधिकार हनन् हुन नदिन मानव अधिकारबादीहरुले पनि खवरदारी गर्नु प¥यो ।’

अध्यक्ष मगरले उपभोक्ताको मानव अधिकार हनन् हुन नदिनका लागि सरकारले आवश्यक नीतिगत र कानुनी व्यवस्था गर्न ढिलाई गर्न नहुने दोहो¥याउनु भयो । उहाँले व्यवसायीहरुले मानव अधिकारको सम्मान नगरे कारबाही हुने कानुनी प्रबन्ध रहेको पनि स्मरण गराउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
नेकपाको महाधिवेशन स्थानीय तह निर्वाचनपछि, वडा र पालिका अधिवेशनको मिति तय एआईजी दाहाललाई बर्खास्त गर्ने निर्णयबारे गृहमन्त्रीको सचिवालयको स्पष्टीकरण नेपथ्यको कन्सर्टले तताउनेछ दसैँको माहोल, कीर्तिपुरमा अन्तिम तयारी पूरा सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त काँग्रेस महाधिवेशनः ५ हजार ६ सय बढी मत खस्यो जलवायु परिवर्तनको असर विश्वसामु पुर्‍याउन खेलकुद प्रभावकारी माध्यम बन्न सक्छ : मन्त्री… हेटौँडामा ठगीको आशङ्कामा तीन जना पक्राउ, ५२ नागरिकताका प्रतिलिपि र ४३ सिमकार्ड… कांग्रेस सभापतिको मतगणना आजै रातिदेखि, ५१ प्रतिशत मत नआए दोस्रो चरणको चुनाव सेन्चुरी मसलाको नयाँ एयरटाइट जार प्याकेजिङ, प्रत्येक जारमा १५ प्रतिशत अतिरिक्त मसला… इनम सापकोटा पक्राउविरुद्धको बन्दी प्रत्यक्षीकरण रिट खारेज