जर्मनकी जस्मिन सेलबर्गलाई मिस इन्टरनेसनल २०२२ को उपाधि

Read Time = 2 mins

काठमाडौं । जस्मिन सेलबर्गले मिस इन्टरनेसनल २०२२ को उपाधि चुम्नुभएको छ । २२ वर्षीया जर्मन प्रतियोगी सेलबर्गले यस वर्षको प्रतिष्ठित ताज चुम्न सफल हुनुभएको हो । जापानको टोकियोमा आयोजित ग्राण्ड फिनालेमा काबो भर्डी फष्ट रनरअप, पेरू सेकेण्ड, कोलम्बिया थर्ड र डोमिनिकन रिपब्लिक फोर्थ रनरअप घोषित भए । ६०औं संस्करणको यो प्रतिस्पर्धामा विश्वका ६६ सुन्दरीले प्रतिस्पर्धा गरेका थिए ।

विश्व प्रतिष्ठित यस मिस इन्टरनेसनलको यो वर्षको मूल नारा ‘दिगो विकासका लागि सौन्दर्य’ राखिएको थियो । राष्ट्रसंघीय सहश्राब्दी लक्ष्यको लोगो लगाएर प्रतिस्पर्धीले र्‍याम्प नापेका थिए । प्रतिस्पर्धीले पाँच महादेशका कन्टिनेन्टल क्वीनका लागि पनि मतदान गरेका थिए ।

जसमा एसियाबाट जापान, अफ्रिकाबाट काबो भर्डी, युरोपबाट फिनल्याण्ड, ओसियानाबाट न्युजिल्याण्ड र उत्तर अमेरिकाबाट अमेरिका कन्टिनेन्टल क्वीन घोषित भए । उज्वेकिस्तानले नेसनल कस्ट्युम, पेरुले इभिनिङ गाउन, बेलायतले स्विमसुट र इक्वेडरले मिस फोटोजेनिक विधामा जित दर्ता गर्न सफल भए । नेपालबाट न्यान्सी खड्काले प्रतिस्पर्धा गर्नुभएको थियो । इभिनिङ गाउन, स्वीमसुट र अन्य क्रियाकलापमा राम्रो प्रतिक्रिया प्राप्त गरे पनि नेपाल अन्तिम १५ मा पनि प्रवेश गर्न सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?