हिमालयनद्वारा वित्तीय साक्षरता कार्यक्रम

Read Time = 2 mins

काठमाडौं । हिमालयन बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मादी नगरपालिकामा गत शुक्रबार र पाख्रिवास नगरपालिकामा गत शनिबार वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । वित्तीय साक्षरता कार्यक्रम बंैकको विराटनगरस्थित प्रदेश १ कार्यालय, मादी शाखा तथा हिले शाखाले संयुक्तरूपमा आयोजना गरेका हुन् ।

सो अवसरमा विभिन्न वडाका अध्यक्ष तथा सदस्य, राजनीतिक दलका प्रतिनिधि, शिक्षक, शिक्षा शाखा प्रमुख, व्यावसायिक, विद्यार्थी तथा महिला गरी करिब ७० जनाको उपस्थिति रहेको बैंकले जनाएको छ ।

सहभागीहरूलाई बंैक, वित्तीय साक्षरताको महत्व, वित्त व्यवस्थाका लागि व्यक्तिगत तथा पारिवारिक बजेट तयार गर्ने, बचत गर्ने बानी सुधार गर्ने, सहुलियतपूर्ण कर्जा र त्यसमा प्राप्त गर्न सकिने अनुदान, हुण्डी र त्यसका नकारात्मक असर, सफा नोट नीति र नोटलाई जतन गर्ने तरिकालगायतका विषयमा जानकारी प्रदान गरिएको थियो ।

कार्यक्रममा मादी नगरपालिकाका मेयर जीवनकुमार लिंग्थेप, पाख्रिवास नगरपालिकाका मेयर ज्ञानबहादुर गुरुङ, बैंक प्रदेश १ प्रमुख अमृत मल्ललगायतको उपस्थिति रहेको बैंकका प्रेस तथा जनसम्पर्क अधिकृत शितल कोइरालाले जानकारी दिनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?