निकुञ्जमा दुई दिनमा दुई गैँडा मृत फेला

हिमालय टाइम्स
Read Time = 2 mins

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा दुई दिनमा दुईवटा गैँडा मृत फेला परेका छन् । निकुञ्जका अनुसार मंसिर २८ गते बुधबार र बिहीबार दुईवटा गैँडा मृतावस्थामा फेला परेका हुन् ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार बिहबिार बिहान ५ः५५ बजे राष्ट्रिय निकुञ्जको अमलटारी सेक्टर लामीचौर पोष्टअन्तर्गत गुन्द्रहीढका मध्यवर्ती सामुदायिक वन क्षेत्रमा पोथी गैँडा मृतावस्थामा फेला परेको हो ।

एकापसमा जुधेर १५ वर्षीय गैँडा मरेको अनुमान गरिएको उहाँले बताउनुभयो । गैँडाको खाग, खुर सुरक्षित रहेको उहाँले जानकारी दिनुभयो । यस्तै बुधबार सोही क्षेत्रको कुजौली रेञ्जरपोष्टअन्तर्गत नारायणी नदी किनामा छ महिनाको केटो (भाले गैँडा) मृतावस्थामा भेटिएको छ ।

बुधबार बिहान ११ बजे निकुञ्जको नियमित गस्ती टोलीले गैँडा मृतावस्थामा फेला पारेको उहाँले जानकारी दिनुभयो । बाघको आक्रमणमा परी मरेको अनुमान गरिएको छ । सो केटाको खाग नपलाएको र खुर सुरक्षित रहेको निकुञ्जले जनाएको छ । योसँगै चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा चालु आव २०७९/८० मा पाँचवटा गैँडा मरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?